एनसेलको साप्ताहिक प्याक

अर्थ/वाणिज्य

       


काठमाडौं, २९ पुस । एनसेल प्रालिले प्रिपेड ग्राहकका लागि मेरो प्लानअन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्ने बताएको छ । डेटा र भ्वाइस सेवाको बन्डलिङ प्याक सकिएपछि डेटा आफैँ बन्द हुने एनसेलले बताएको छ।


मंगलबार (२९पुस )देखि लागू हुने योजनाअन्तर्गत एनसेलले दुई साप्ताहिक प्याक २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ । २ जिबी प्लानअन्तर्गत ग्राहकले करसहित ९५ रुपैयाँ ७७ पैसामा २ जिबी डेटा भोलुम लिन सक्नेछन् ।

प्लानअन्तर्गत ग्राहकले एनसेल नेटवर्कभित्र करसहित १ रुपैयाँ २८ पैसा प्रतिमिनेटमा भ्वाइस सेवा लिन सक्नेछन् । त्यसैगरी, ६ जिबी प्लानअन्तर्गत ग्राहकले करसहित १९१ रुपैयाँ ५४ पैसमा ६ जिबी (४ जिबी ं २ जिबी भिडियो डेटा) लिन सक्नेछन् । प्याकअन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा चलाउन प्रयोग गर्न सकिने बताइएको छ । प्रमुख विशेषतामा डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैँ डेटा बन्द हुने रहेको यो प्लानअन्तर्गत ग्राहकले आफ्नो डेटा भोलुम सकिएपछि आवश्यकताअनुसार मेरो प्लान तुरुन्त सुचारु गर्न सक्नेछन् ।

साप्ताहिक प्लानअन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिनदेखि ७ दिनको रहनेछ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार प्लान सुचारु गर्न सक्नेछन्  । योजनाअन्तर्गतका कुनै पनि प्लान सुचारु गरेपछि हरेक हप्ता स्वतः नवीकरण हुनेछ ।

तपाईको प्रतिक्रिया