क्वात्रा नेपालका लागि नयाँ भारतीय राजदूत

समाचार

       

काठमाडौं, २९ पुस । भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूतका रुपमा पठाउने भएको छ ।

नेपाल आउन प्रयासरत अनेकौँ अनुभवी उम्मेदवारमध्ये क्वात्रालाई भारतले राजदूत बनाउन लागेको हो । हाल उनी फ्रान्सका लागि भारतीय राजदूत छन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी डिसेम्बरमा कार्यकाल पूरा गरी फर्केका थिए । क्वात्रासँग लामो समय नेपालमा काम गरेको अनुभव छ ।

उनी सन् २००६ देखि २०१० सम्म काठमाडौँस्थित सार्क सचिवालयमा काम गरेका थिए । क्वात्रा तीन दशकदेखि भारतीय कुटनीतिक सेवामा छन् ।

२००६ देखि २०१० सम्म उनी नेपालमा थिए । सार्क सचिवालयमा उनले व्यापार, अर्थतन्त्र र वित्तीय ब्युरोको प्रमुखका रुपमा काम गरेका थिए ।

उनले अमेरिकाको वासिंगटनस्थित भारतीय दूतावासमा पनि २०१३ सम्म काम गरेका थिए । अगस्ट २०१७ सम्म उनी भारतीय प्रधानमन्त्रीको कार्यालयमा सहसचिव थिए ।

तपाईको प्रतिक्रिया