सदस्यता विवादमा ३ दिनदेखि क्याम्पसमा ताला

समाचार

       

कपिलवस्तु, २९ पुस । कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं. १ मा रहेको फलहरीबाबा बहुमुखी क्याम्पसमा ३ दिन देखि ताला लगेको छ ।

क्यम्पसले सदस्यता खुल्ला गरेको अन्तिम दिनमा समय सिमा भन्दा पछि आएको व्यक्तिहरुले ताला लगाएको व्यावस्थापन समितिका अध्यक्ष निजामुद्धिन खाँले बताएका छन् ।

उनका अनुसार महराजगंज नगरपालिकाका केहि वडा अध्यक्ष तथा मेयरका नजिकका मन्छेहरुले ताला लगाएका छन् । खाँ भन्छन हामी २० दिनको लागि सदस्यता खुल्ला गरेका थियौ । तर अन्तिम दिन पुस २७ गते मत्रै धेरै भिड भयो । भिड ३ बजे पछि आएको थियो ।

महाराजगंज नगरपालिका वडाअध्यक्षहरु जगदिश प्रसाद तिवारी, शिव प्रसाद बनिया, नैन दास मुराउ, स्थानिय अगुवा समाजसेवी गंगेश नाथ तिवारी लगायतले विवाद गराएको खाँले बताएका छन ।

यता क्यम्पसको अध्यक्ष सहितको व्यावस्थापन समितिका पदाधिकारी तथा कार्यलय प्रमुख सहितको टोलीले २९ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ताला लगाउने तथा अभद्र व्यावहार गर्ने सम्पुर्णलाई कार्यवाहीको माग गरेको छ ।

कार्यालय प्रमुख सूर्यलाल कसौधनले ३ बजे पछि आएको टोलीले विभिन्न गाली गर्दै आफुलाई बहिरा निस्कना समेत नदिएको बताएका छन ।

चारैतिर घेराहाली रहेको बेलामा आफु पिसाब फेर्ने बहाना बनाई त्यहा देखि निश्केको बताएका छन । कसौधनले अभद्र व्यावहार गर्ने सम्पुर्णलाई कार्यवाहीको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया