राजपा र नेकपाको अनमेल गठबन्धन : प्रहलाद गिरी गोश्वामी

प्रदेशसभा सदस्य, प्रदेश २, समाजवादी पार्टी

अन्तर्वार्ता

    २०७६ माघ ३ शुक्रबार   

० प्रदेश २ मा कांग्रेस र समाजवादीले चुनावी गठबन्धन गरेको छ । यसको तयारी कस्तो छ ?

— माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि कांग्रेस र समाजवादी पार्टीको नेताहरूको बैठक भइरहेको छ र हामी जोडतोडका निर्वाचन अभियानमा लागेका छौं । आफ्ना गठबन्धनलाई जिताउनको लागि गाणितीय हिसाबले हामी बलियो छौं । हालै पर्सा जिल्लामा समाजवादी पार्टी र कांग्रेसको नेता, मतदाता, गाउँपालिका, प्रमुख, उपप्रमुख र उम्मेदवादहरू लगायतका संयुक्त बैठक पनि गरेका छौं र आफ्नो गठबन्धन जिताउन हामी इमान्दारीका साथ लागेका छौं ।

० खासगरी प्रदेश २ मा समाजवादीले आफ्नो सिट जोगाउन सफल हुन्छ त ?

— यो त निवार्चन हो । निर्वाचनमा जे पनि हुन सक्छ । गणितीय हिसावले हामी २७१ मतले पछाडि छौं तर हामी आशावादी छौं । कम्युनिष्टहरूको एकाधिकार र सर्वोच्चतावादी सोचलाई पराजित गर्ने प्रजातान्त्रिक गठबन्धनको लक्ष्य हो । गणितीय हिसावले राजपा र नेकपाको गठबन्धनको जीत सुनिश्चितजस्तै छ तर चुनावमा गाणितीय हिसाबले मात्र हुँदैन ।

० राजपा र नेकपाको गठबन्धनले पनि यस्तै दाबी गर्दै आइरहेको छ । यस्तोमा तपाइहरू कसरी आशावादी हुनुहुन्छ ?

— गणितीय हिसावले राजपा र नेकपाको गठबन्धनको जीत सुनिश्चित जस्तै छ तर चुनावमा गाणितीय हिसाबले मात्र हुँदैन । राजपा र नेकपाभित्रको अन्तरविरोध हाम्रो लागि सकारात्मक कुरा हो । बाजी पल्टिन सक्ने सम्भावना छ । किनभने राजपा र नेकपाको अनमेलको गठबन्धन हो । राजपा र नेकपाको विचार, सिद्धान्त, एजेन्डा केही पनि मिल्दैन । त्यसैले, उनीहरूको गठबन्धन प्रतिकूल छ, यो नै हाम्रो लागि सकारात्मक कुरा हो ।

० बाजी पल्टिन सक्ने सम्भावना कति प्रवल छ ?

— निवार्चनमा निराशावादी बन्नु हुदैन आशावादी नै बन्नुपर्छ र हामी आशावादी नै छौं । किनभने राजपा र नेकपाको अनमेलको गठबन्धन हो र यो तेल र पानी जस्तै हो जुन कहिले मिसिदैन ।

० राजपा र नेकपा अनमेल र अप्राकृतिक हो ?

— कतिपय मान्छेले अप्राकृतिक भन्ने गरेका छन् तर म त्यस्तो भन्दिन किनभने यो अनमेलको गठबन्धन हो ।

० तपाइँहरू नेकपासँग गठबन्धन गरेर सरकारमा जान मिल्ने तर राजपा किन जान नमिल्ने ?

— हामीले कामना गरेका छौं राजपा सरकारमा जाओस् । प्रदेश २ मा समाजवादी पार्टी र राजपा गठबन्धन गरेर हामी चुनाव लडेका हौं । मधेशी दलको सरकार प्रदेश २ को जनताको म्यान्डेट पनि हो । राजपा र नेकपाबीच चुनावी तालमेल र केन्द्रमा जानको लागि पनि भएन र उनीहरूको गठबन्धन अनमेल हुनुको कारण समाजवादी पार्टीमा अधिकांश नेता कायर्कताहरू बाम पृष्ठभूमीबाट आएका छन् र राजपामा कांग्रेस पृष्ठभूमीबाट छन् । यो हिसाबले उनीहरूको व्यवहार विचार, सिद्धान्त र एजेन्डा केही पनि मिल्दैन ।

० राजपासँग तपाइहरूको व्यवहार विचार, सिद्धान्त सबै मिल्छ तैपनि कांगे्रस, समाजवादी पार्टी र राजपाबीच गठबन्धन किन भएन ?

— कांगे्रस, समाजवादी पार्टी र राजपाबीच गठबन्धन हुनुपर्ने हो तर जुन ठाँउमा सहमति हुनुपर्ने हो त्यहाँ कसैको कमी कमजोरी, धैर्यता रहेन होला । राजनीति सम्भावनाको खेल हो । यसमा विभिन्न सम्भावनाहरू आइरहन्छन् र हामीसँग पनि अर्को विकल्प रहेन । कम्युनिष्टहरूको एकाधिकार र सर्वोच्चतावादी सोचलाई पराजित गर्ने डेमोक्रेटिक एलायन्सको लक्ष्य पनि हुनसक्छ ।

० कम्युनिष्टको विकल्पमा प्रजातान्त्रिक धारका दलहरूबीच किन गठबन्धन भएन ?

— दुर्भाग्यवश सहर्काय नहुनु तर डेमोक्रेटिक एलायन्स बन्ने प्रक्रिया यही चुनावबाट भइराखेको छ । जो साथीहरू छुट्नु भएको छ पछि गएर समावेश हुन सक्नुहुनेछ ।

० राष्ट्रियसभाका लागि राजपाले कांगे्रस, समाजवादी पार्टी अर्थात् तिनवटै दलहरूसँग सहकार्य गर्न खोज्दा तपाइँको पार्टी मानेन भन्ने राजपाको आरोप छ, के यो साँचो हो ?

— हाम्रो पार्टीबाट र राजपाबाट पनि केहि व्यवहारिक कमी—कमजोरी भयो होला । त्यही भएर यो प्रदेश २ को केन्द्रमा हुन सकेन । अब भागबण्डा भइसके पछि एकअर्कालाई आरोप प्रत्यारोप हुनु स्वभाविक नै हो ।

० भनेपछि भागबण्डा नमिलेर पनि हुनसक्छ ?

—भागबण्डा पनि हुनसक्छ । कसैको अहंकार र निगलिजेन्सी पनि हुन सक्छ ।

० राष्ट्रियसभामा सहर्काय गर्न राजपा र नेकपाबीचको सहमति भयो । यो सहमतिले प्रदेश २ को सरकारमा धक्का पुगेको कारणले गर्दा सत्ता समीकरण परिवर्तन हुनसक्ने आकलण गरिदै छ । यस्तोमा तपाइँ के भन्नुहुन्छ ?

— राजपाको नेताहरूको भनाइ अनुसार उनीहरूको गठबन्धन राष्ट्रियसभा निर्वाचनको लागि मात्रै हो । पछि चाँही उनीहरूसँग विभिन्न राष्ट्रिय मुद्दामा सहकार्य गर्दै जाने भन्ने सहमति गरिएको छ ।

० प्रदेश २ मा राष्ट्रियसभाको चुनाव पछाडि नेकपा र राजपाको सरकार बन्दैछ भन्ने धारणाले गर्दा सत्तासाझेदार दलबाट पहिलाको जस्तै व्यवहार पाउनुहुन्छ कि विचारमा भिन्नता आएको छ कि देख्नुहुन्छ ?

—अहिलेसम्म त्यस्तो व्यवहार देखिएको त छैन तर यो निर्वाचन पछि देख्न सकिन्छ । यदि फाटो नै हुने हो र अलगअलग धारणा नै जाने हो भने व्यवहारबाट थाहा भइहाल्छ । अर्को कुरा जो राजपाभित्रका केही साथीहरूलाई मन्त्री बन्न हतार छ ।

० विगत् लामो समयदेखि प्रदेश २ को प्रदेशसभासदस्य अवरूद्ध हुँदै आइरहेको छ, किन?

— उपभोक्ता समितिहरूको रकम भुक्तान नभएको, समाजवादी पार्टीहरूको कतिपय संसदहरूका पनि छिपेका कुराहरू पनि कांग्रेस, नेकपा, माओवादीहरूको पनि अर्थात् सबैको भुक्तान्तरण रोकिएको छ । यसको लागि हामी विशेष समिति पनि बनायौ । हाउसमा आएर रिर्पोटहरू पनि दियौं ।

० मुख्यमन्त्रीे नै दोषी हो उहाँले नै नचाहेर लामो समयदेखि भुक्तान्तरण हुन नसकेको भन्ने आरोपहरू लागिराखेको छ ?

— आरोप त जे पनि लाग्छ मुख्यमन्त्री किन नचाहनु । यो कुनै प्राइभेट फर्म होइन यसमा नियम कानुन, विधिवत् ढङ्गले सब पु¥याउनु पर्छ । यसमा त अलि समय लागिहाल्छ ।

० केहि प्रक्रिया नपुगेर ढिला भएको हो ?

—केहि प्रक्रियाहरू नपुगेर समस्या भएको होला । अब यतिधेरै पैसा कहाँबाट ल्याएर दिने यहि बजेटबाट नै दिने हो । सबै वैधानिक प्रक्रियाहरू मिलाएर दिइनेछ ।

० अख्तियार दुरूपयोग आयोगले प्रदेश २ मा बढी भ्रष्टाचार भएको प्रतिवेदनले भनेको छ । वास्तवमा प्रदेश २ मा सबैभन्दा बढी अनियमता र भ्रष्टाचार भएकै हो त ?

— नेपालमा एउटा चलन भइसकेको छ । प्रदेश २ राम्रो काम गरेपनि नराम्रो काम ग¥यो भन्ने । मधेशको समाजमा भएको राम्रो कुराहरू यहाँको मिडियाले दिदैनन् । राष्ट्रव्यापी अथवा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि खस मनोवृतिबाट ग्रसित भएका खसवादी मिडियाहरूले आफूलाई राष्ट्रिय मिडियाको रूपमा भन्छन् कि तिनिहरूले यो देखाउन चाहन्छन् कि मधेश खत्तम छ । मधेशी समुदाय र मधेशको मान्छे खत्तम छ ।

तपाईको प्रतिक्रिया