‘मेरो सपनाको भारी...’ सार्वजनिक

कला/संस्कृति

       

काठमाडौं, २४ माघ । रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी...’ सार्वजनिक भएको छ ।

उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीनलाई फिचरिङ गरिएको छ ।

चन्द्र चौधरीको मिक्सिङ÷माष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोता/र्शकमाझ पस्किएका छौ, यसले स्रोतादर्शकको मन छ भन्नेमा आशावादी छौं’, सङ्गीतकार हरि लम्सालले भने ।

तपाईको प्रतिक्रिया