नेपाल टेलिकमद्धारा निःशुल्क सिम वितरण

अर्थ/वाणिज्य

       

काठमाडौं, २९ माघ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङ स्याङ्जाले दुई हजार पाँच सय निःशुल्क सिम वितरण गरेको छ । गल्याङ चेम्बर अफ कमर्सले आयोजना गरेको १० दिने महोत्सवका अवसरमा उक्त सिम वितरण गरिएको हो ।  

सर्वसाधारणलाई निःशुल्क रुपमा वितरण गरिएको उक्त सिम ५० रुपैयाँको टक भ्यालु समेत रहेको छ । चौथो पुस्तामा आधारित फोरजी प्रविधिमार्फत उच्च गतिको इन्टरनेट सेवामा सर्वसाधारणको अत्यधिक रुचि देखिएकाले यति धेरै संख्यामा निःशुल्क सिम वितरण गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताए ।

उनका अनुसार फोरजी प्रविधि मार्फत उच्च गतिको इन्टरने प्राप्त हुने हुँदा उच्च गुणस्तरीय श्रव्य दृश्य सामाग्रीहरु हेर्न तथा सुन्न सकिने भएकाले आम उपभोक्ताको राजाई बढ्दै गएको हो ।

नेपाल टेलिकमले देशको ७७ वटै जिल्लामा फोरजी सेवाको पहुँच विस्तार गरिसकेमो छ भने फोरजी नेकवर्क विस्तार गर्नेमा पहिलो र सबैभन्दा ठूलो सेवा प्रदायक पनि हो ।

तपाईको प्रतिक्रिया