प्रादेशिक कार्यालय धनगढीमा

अर्थ/वाणिज्य

       

कैलाली, २९ माघ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्रादेशिक कार्यालय धनगढीको उद्घाटन गरेको छ । एक सय १७ वटा शाखा विस्तार गर्न सफल ज्योतिले आफ्नो प्रादेशिक कार्यालय धनगढी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईद्धारा उद्घाटन सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा अध्यक्ष चापागाईले बीमाको बारेमा नागरिकलाई जनचेतना बढाउन स्थानीय तहमा अन्तक्र्रिया गरी घुम्ती बीमा सेवा सञ्चालन गरी बीमाको प्रभावकारिता बढाउन बीमा समिति आफैं लागिपरेका कुरा जानकारी गराए ।

साथै अहिलेसम्म निकायकी प्रावधानअनुसारको पुँजी तोक्ने गरिएको भए अहिले संसारभर जोखिम आधारित पुँजीको अवधारण कार्यान्वयनमा रहेको हुँदा अब नेपालमा पनि जोखिममा आधारित पुँजी व्यवस्था गर्नुपर्ने जानकारी गराए ।

यस्ता जोखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, सञ्चालन जोखिम र बजार जोखिम रहेको र यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने कुरा जानकारी गराए ।     

तपाईको प्रतिक्रिया