प्रदेश २ भ्रष्टाचारी र गुण्डागर्दीको संजाल : राउत

राजनीति

       

वीरगन्ज, २९ माघ । डा. सीके राउतको जनमत पार्टीले मंगलबार वीरगञ्जको आदर्शनगरमा आमसभा गरेको छ । राउतले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गम्भीर आरोप लगाएका छन् ।

राउतले उपेन्द्र यादव भ्रष्टाचारीहरुको नेताको नाइके भएको र उनीहरूको संरक्षण गरेको आरोप लगाएका हुन् । उनले प्रदेश–२ मा भ्रष्टचारी र गुण्डाको जंगलराज रहेको आरोप समेत लगाएका छन् ।

मंगलबार वीरगन्जमा जनमत पार्टीले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै राउतले प्रदेश २ मा भ्रष्टाचार र गुण्डको जंगलराज रहेको आरोप लगाएका छन् ।

‘मधेशमा अहिले भ्रष्टचारी, तस्कर र गुण्डाको जंगलराज चलिरहेको छ’, उनले भने, ‘त्यही जंगलराज र गुण्डाराजलाई समाप्त पारेर जनताको राज ल्याउन जनमत पार्टी जन्मिएको हो । ’ समाजवादी पार्टी र राजपाले भ्रष्टचारी, तस्कर, गुण्डालाई संरक्षण दिएर मधेसमा लुटतन्त्र मच्चाइरहेको आरोप उनको छ ।

मधेशी जनताको रंगत र बलिदानीमा टेकेर मधेसी जनताकै भोट लिएर सत्तामा पुगेका समाजवादी र राजपाले अहिले सत्तामा पुगेपछि मधेशी जनतामाथि शोषण र दमन गरिहेको राउतले बताए ।

 

तपाईको प्रतिक्रिया