‘सीमाका व्यापारीलाई प्रहरीले दुःख दियो’

राजनीति

       

काठमाडौं, १ फागुन । राजपा–नेपालका सांसद लक्ष्मणलाल कर्णले सीमा क्षेत्रका व्यापारीहरुलाई प्रहरीले दुःख दिने गरेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कर्णले कर तिरेर सदरमुकामबाट सामान लिएर जाने व्यापारीहरुलाई प्रहरीले २५ किलोमिटर भित्रबाटै समातेर सीमाबाट बरामद गरेको भन्दै मुचुल्का बनाउने गरेको बताए । 

‘अहिले बोर्डरका पसलहरु बन्द भएका छन् । भ्याट तिरेर सदरमुकामबाट सामानहरु लिएर बोर्डरको पसलमा जान्छन् । २५ किलोमिर भित्रै प्रहरीले समात्छ र मुचुल्का सीमामा समातेको भनेर बनाउँछ ।

व्यक्तिले झूटो बोल्ला, ठगी गर्ला, डाँका गर्ला तर राज्यले २५ किलोमिटर भित्र समातेर किन बोर्डरबाट समातेको भन्नु ?,’उनले प्रश्न गरे । नेपालमा कानुनी शासनको कुरामा मात्र सीमित रहेको उनले टिप्पणी गरे । 

भारतबाट ल्याएको भन्दै जीतपुरबाट आएका भैँसी भन्सारमा लगेर प्रहरीले दुःख दिने गरेको पनि कर्णले बताए ।

 

तपाईको प्रतिक्रिया