मेगाको दोस्रो त्रैमासिकसम्म १५ करोड २ लाख खुद मुनाफा वृद्धि

अर्थ/वाणिज्य

       

काठमाडौं, १ फागुन । मेगा बैंक नेपाल लिमिटेडको पहिलो त्रैमासिकको तुलनामा बैंकको खुद मुनाफा ह्वात्तै बढेको हो ।

आर्थिक बर्ष २०७५ र ७६ को पहिलो त्रैमासिकमा ४३ करोड ७४ लाख मुनाफा आर्जन गरेको बैंकले दोस्रो त्रैमासिकसम्म आइपुग्दा ९५ करोड २ लाख खुद मुनाफा गर्न सफल भएको छ । जबकी आर्थिक वर्ष २०७५ र ७६ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन गरेको थियो ।

बैंकको वित्तीय विवरण अनुसार, गत वर्षको सोही अवधिको तुलनामा बैंकले करिब ३०% मुनाफा बृद्धि गर्न सफल भएको छ ।

 

तपाईको प्रतिक्रिया