भारतीय कम्पनी ओक्सेम्बर्ग अब नेपालमा

समाचार

       

काठमाडौं, २ फागुन । विश्वमै सुपरिचित तथा विश्वसनीय भारतीय कम्पनी सियाराम समुहको ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल महलमा खुलेको छ ।

सिभिल महलका साथै ललितपुरको कुमारीपाटी, लाबिम महल तथा विराटनगर गरेर अन्य तीन स्थान पनि यसको स्टोरहरु खुलिसकेका छन् । 

सिभिल महलमा रहेको आउटलेटलाई नविन ढंगले ब्राण्डको सबै गुण र फेशन स्टेटमेन्ट झल्किने गरी लुगाहरु प्रदर्शनीमा राखिएका छन् । यहाँ औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसोरेरिज तथा जिन्स पनि उपलब्ध हुने छन्। यसका कारण शहरीया पुरुषको लागि लुगा खरिद गर्ने यो सहज स्थान हुने पक्का छ । 

नयाँ खुलेको आउटलेटका बारेमा बोल्दै सियाराम सिल्क मिल्स लिमिटेडका वरिष्ठ उपाध्यक्ष, ई पी ड्यानियलले भने, ‘हामी आफ्नो ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंमा खोल्न पाउँदा निकै उत्साहित छौं ।’
स्टोरको नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले उद्घाटन गरेको थिए ।

तपाईको प्रतिक्रिया