हिन्दूराष्ट्र पुनस्र्थापनाको लागि जनमत संग्रहः भारतीय नेता

समाचार

       

काठमाडौं, २ फागुन । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीे (भाजपा) का नेता डा. दिनेश उपाध्यायले नेपालमा हिन्दूराष्ट्र पुनस्र्थापनाको लागि जनमतसंग्रह गरिनुपर्ने टिप्पणी गरेका छन् ।

एक साताको लागि नेपाल भ्रमणमा काठमाडौं आएका उपाध्यायले एक नेपाली अनलाइनसँग कुराकानीमा यस्तो बताएका हुन् । उनले भने,‘यो मेरो व्यक्तिगत धारणा र भावना हो, नेपाल हिन्दूराष्ट्र हुनुपर्छ ।’ उनले भने,‘सनातन धर्म जिवित होस् र नेपाल–भारत द्धिपक्षीय सम्बन्ध मजबुद होस् भन्ने भारतले हेर्न चाहन्छ ।’

नेपाल देवताको देश भएकोले यहाँको माटो निधारमा लाउनु पनि सौभाग्यको कुरा भएको उनले बताए । भारतमा सनातन धर्मलाई खण्डित नगरीकन सबै धर्मलाई उत्तिकै स्थान दिइएको उनको भनाइ छ । उनले भने,‘म एक हिन्दू हुँ ।

भारत पनि हिन्दूराष्ट्र होस भन्ने मेरो चाहना छ । नेपाल हिन्दूराष्ट्र हुनुपर्छ । यो मेरो भावना हो ।’ यद्धपी उनले हिन्दूराष्ट्र बनाउनको लागि आफूहरुले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया