बेलायतमा भारतीय मूलका व्यक्त बने नयाँ अर्थमन्त्री

समाचार

       

काठमाडौं, २ फागुन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भारतीय मूलका नेता ऋषि सुनकलाई नयाँ अर्थमन्त्रीको रुपमा नियुक्त गरेका छन् ।

इन्फोसिस ग्रुपका सहसंस्थापक नारायण मूर्तिका ज्वाइँ सो मन्त्रिपरिषद्मा भारतीय मूलका दोस्रो वरियताका मन्त्री हुन् । उनीभन्दा अघि भारतीय मूलकै प्रीति पटेल गृहमन्त्री बनेकी छिन् । यसअघि पाकिस्तानी मूलका साजिद जाविदले सो मन्त्रालयको कार्यभार सम्हालेका थिए । तर उनले १ वर्षमै राजीनामा दिएर बाहिरिएका थिए ।


डिसेम्बरमा भएको आम चुनावमा जोन्सन नेतृवको कन्जरभेटिभ पार्टीले भारी मतका साथ सत्तामा दोहोरिएसँगै प्रधानमन्त्रीले मन्त्रिमण्डलमा फेरबदल गरेका हुन् । ३९ वर्षिय सुनक ५ वर्ष पहिले सांसद पनि थिएनन् । राजनीतिमा आउनु अघि उनी बैंकमा काम गर्थे ।


विश्वको पाँचौं ठूलो अर्थतन्त्र रहेको बेलायतमा जोन्सन यस्तो अर्थमन्त्री चाहे जसले पूर्वाधार, सुरक्षा, स्वास्थ्य र शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन सकुन् । त्यही क्रममा उनले सुनकलाई रोजेका हुन् ।

 

तपाईको प्रतिक्रिया