नेपाल मेरो दोस्रो घरः बलिउड निर्देशक प्रकाश झा

समाचार

       

काठमाडौं, २ फागुन । बलिउड निर्देशक प्रकाश झाले नेपालमा संसारका विभिन्न देशका संस्कृति फिल्म मार्फत् हेर्ने आफु उत्सुक रहेको बताएका छन् ।

राष्ट्रिय सभा गृहमा सुरु भएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को औपचारिक उद्घाटनमा बोल्दै झाले फिल्म फेस्टिभललाई कलाको उत्सवको रुपमा चर्चा गरे । स्वदेशी तथा विदेशी फिल्मको फिचर विधाका मुख्य निर्णायकको जिम्मेवारी निर्वाह गर्न नेपाल आएका उनले फेस्टिभलका दौरानमा विदेशीसँगै नेपाली भाषाका पनि उत्कृष्ट फिल्म हेर्न पाउने अपेक्षा गरेको बताए ।


‘४० वर्षदेखि फिल्मकर्ममा छु । तर कुनै दिन यस्तो छैन जहाँ मैले यो काममा इन्जोए नगरेको होला’ झाले भने ‘म नेपालको बोर्डरमा जन्मिएको हो । त्यसैले नेपाल दोस्रो घर जस्तै लाग्छ ।’ ‘म बिहारमा जन्मिएको हुँ जहाँ नेपालको बोर्डर पथ्र्यो । हामी त के हाम्रा गाइबस्तु पनि चर्नलाई नेपाल जान्थे’ झाले थपे ‘नेपालसँगको नाता गहिरो छ ।

तर काठमाडौं आएको भने पहिलो पटक हो ।’ फेस्टिभल ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थियटरमा चल्नेछ ।

तपाईको प्रतिक्रिया