राष्ट्रियसभा सांसद उपाध्यायको निधन

समाचार

       

काठमाडौं, २ फागुन । राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।

नेपाली कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्राबार निधन भएको राष्ट्रिय सभाका सांसद सुरेन्द्र पाण्डेले जानकारी दिए । उनी क्यान्सरको बिरामी रहेको र भैरहवामा निधन भएको पाण्डेले बताए । उपाध्याय २०४२ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहदैँ आएका थिए ।

हाल प्रत्योजित तथा आश्वासन समितिको सदस्यसमेत रहेका थिए । २०५४ सालमा मा गाविस उपाध्यक्षका जिम्मेवारी सम्हालेका उपाध्याय सोही क्षेत्रवाट ३–३ पटक क्षेत्रीय सभापतिसमेत भएका थिए । उपाध्यायका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

 

तपाईको प्रतिक्रिया