शान्ति सदा र गुरुशरणले सार्वजनिक गरे होलीका गीत

कला/संस्कृति

       

काठमाडौं, २७ फागुन । सिरहा गोलबजारका युगल जोडि शान्ति सदा र गुरुशरण सदाको होलीको गीत सार्वजानिक भएको छ ।

गुरुशरण सदाद्वारा रचित अविर लगेबै गालमे गोरकी...बोलको गीतलाई शान्ति सदा एण्ड गुरुशरण सदा अफिसिय युट्युव च्यानल मार्फत सोमबार सार्वजानिक गरिएको हो ।

गुरुशरण सदाद्धारा रचित अविर लगेबौ गालमे गोरकी.. बोलको गीतलाई दिपेन्द्र रामले म्युजिक ऐरेन्ज गरेका हुन् । काठमाण्डौस्थित अलंकार स्टुडियोमा रेकर्ड गरिएको गीतले तराई मधेशमा खेलिने होलीलाई केन्द्रित गर्दै साली भेन, देवर भाउजुका सन्दर्भ पनि यस गीतमा उठाएको देखिन्छ ।

रंग अविरलक होली यलै मिथिला के गाम भैया मिथिला गाम, सव मिली जुली खुशि मनावै लके होली के नाम .. जोगीराबाट सुरु भएको गीतले अन्तमा प्रेमक रंग मिलाई होली खेल्न पनि गीतले सन्देश दिएको गीतकार गुरुशरण सदाको कथन छ ।

हाम्रा प्रयासलाई सम्पुर्ण दिर्घहरुले हेरेर आफना प्रति दिई औसला प्रदान गर्न गायिका शान्ति सदाले अनुरोध गरेकी छन् ।

मधेश मूलको परिवार तथा समाजमा रहदै गीत संगितलाई निरन्तरता दिन कठिन भएता पनि हिम्मत र साहासलाई निरन्तरता दिई क्रमिक रुपको यात्रालाई सवै पक्षबाट सहयोगको आपेक्षा पनि गरेका छन् ।

सवरी संकल्प समाज गोलबाजर सिरहाको प्रस्तुति तथा एडि इन्टरटेनमेन्टको पा्ेष्ट प्रोडक्सनमा रहेको यस गीतले मनोरन्जानत्मक तरिकाले सन्देश सम्प्रेशन समेत गरिएको एडि इन्टरटेनमेन्टक डारेक्टर आदित्य ठकुरीले बताए ।

तपाईको प्रतिक्रिया