भृकुटी माध्यामिक विद्यालयलाई सिटिजन्स बैंकको सहयोग

अर्थ/वाणिज्य

       

काठमाडौँ, ५ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडीस्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।

उक्त सहयोग बैंकले मोहन्याल शाखाका कर्मचारीहरु तथा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक,विद्यार्थी, अभिभावकको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकले आगामी दिनमा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ । बैंकले देशभर ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया