भारतमा ‘कोरोना प्यार है’ नामक फिल्म बन्ने

कला/संस्कृति

       

काठमाडौं, ५ चैत । कोरोनाको महामारी फैलिरहेको बेला भारतमा एक फिल्म निर्माण हुने भएको छ । जसको नाम ‘कोरोना प्यार है’ राखिने भएको छ ।

अघिल्लो साता भारतमा यो चलचित्र बनाउन भनी नामसमेत दर्ता गरिएको टाइम्स अफ इन्डियालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

किशोर र सुनील लुल्लाको प्रोडक्सन कम्पनी इरोजÞ इन्टरनेसनलने यस नामको फिल्म निर्माण गर्न अघिल्लो हप्ता रजिस्टर गरेका थिए ।

फिल्मका निर्मातामध्येका एक सुनील फिल्मबारे भने, ‘हामी अहिले कोरोनाको महामारीको चेपमा छौं, सधैं त यस्तो नहोला, हामी अहिले स्क्रिप्टलाई अन्तिम रूप दिँदै छौं ।’ उनले फिल्म एक विशद्ध प्रेम कहानी हुने पनि सञ्चारकर्मीलाई बताएका छन् ।

तपाईको प्रतिक्रिया