राजपा संयोजक भण्डारीद्वारा भर्त्सना

राजनीति

       

काठमाडौं, ७ चैत । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले राष्ट्रियसभा सदस्य शेखरकुमार सिंहको बारेमा आएको समाचारप्रति भर्त्सना गरेका छन् ।

संयोजक भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गरी राष्ट्रियसभा सदस्य सिंहको नाम उल्लेख गरी आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले पार्टी र नेताको चरित्र हत्या गर्ने उद्देश्यले आएको यस खाले कपोल्कल्पित, भ्रमपूर्ण र आधारहीन समाचारको घोर भर्त्सना गरेका हुन् ।

आइन्दा यसप्रकारको अपुष्ट, प्रमाणहीन र पार्टीलाई बदनाम गर्ने खालको समाचार सम्प्रेषण नगर्न आग्रहसमेत संयोजक भण्डारीले गरेका छन् ।

तपाईको प्रतिक्रिया