सीमा बन्द गर्ने निर्णय स्वागतयोग्य : राजपा

राजनीति

       

काठमाडौं, १० चैत । राष्ट्रिय जनता पार्टी नेपालले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि चीन र भारतसँग जोडिएका नाकाहरू बन्द गर्ने सरकारको निर्णयलाई सहज रूपमा स्वीकार गर्न आग्रह गरेको छ ।

सरकारले आइतबार चीन र भारतसँग जोडिएका नाका बन्द गर्ने निर्णय गरेको थियो । अहिलेको अवस्थामा सजग हुनुपर्ने आवश्यकता रहेको भन्दै राजपाले सरकारी निर्णयको स्वागत गरेको छ ।

राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले भारतसँग जोडिएको खुला सिमाना बन्द गरी सतर्कता अपनाउने सरकारी निर्णय स्वागतयोग्य रहेको बताए ।

सरकारले जारी गर्ने आधिकारिक सूचनालाई पालन गर्न पनि आग्रह गरेका छन् । कोभिड(१९ को जोखिम बढ्दै गएको वेला भ्रामक र तथ्यहीन हल्लाहरू बढेको उल्लेख गर्दै उनले सरकारले जारी गर्ने आधिकारिक सूचनालाई आधार मानेर अनुशासित जीवनयापन गर्न अपिल गरे ।

तपाईको प्रतिक्रिया