सांसद यादवले कोरोना कोषमा एक महिनाको तलब दिने

राजनीति

       

काठमाडौं, १० चैत । समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदीप यादवले कोरोना संक्रमण न्युनीकरण तथा रोकथामका लागि सरकारले गठन गरेको केन्द्रीय कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

सरकारले हिजो मन्त्रीपरिषद्को बैठकबाट ५० करोडको एउटा केन्द्रीय कोष घोषणा गरेको थियो । जसमा प्रधानमन्त्री र मन्त्रीहरुले एक–एक महिनाको तलब राख्ने निर्णय गरेको थियो ।

आवश्यक परे सांसदहरुलाई पनि सो कोषमा रकम राख्नका लागि आग्रह गर्ने निर्णय भएको थियो ।

सोही अनुसार सांसद यादवले आज पर्साबाट सो कोषमा एक महिनाको तलब राख्ने घोषणा गरेका हुन् । उनले पर्सामा फुटपाथाम व्यापार गरिरहेकाहरुलाई हिजो सेनिटाइजर र मास्क समेत बाँडेका थिए । उनीले गाउँ–गाउँमा पनि बाँड्ने सोच बनाएका छन् ।

सदस्य सांसद यादवले विश्वभरी फैलिरहेको कोरोना भाइरसबाट बच्नका लागि सबैबाट सचेतना हुनुपर्ने कुरामा जोड दिँदै सरकारले स्थापना गरेको कोषलाई पनि बलियो बनाउन सर्वसाधारणमा आग्रह गरे ।

महामारीको रुपमा फैलिएको कोरोनाको कारण कुनै बेला जे पनि हुनसक्छ त्यसैले रोकथामका लागि जस्तो सुकै कदम सरकार उठाउन सक्छ त्यसका लागि कोषलाई बलियो बनाउन आवश्यक रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया