कोभिड–१९ : सुदूरपश्चिम सरकारद्वारा साढे ११ करोड विनियोजन

समाचार

       

कैलाली, १२ चैत । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

मंगलबार सुदूरपश्चिम प्रदेश सरकारको बसेको आकस्मिक बैठकले कोरोना रोगको रोकथामका लागि बजेट बिनियोजन गर्ने निर्णय गरेको हो ।

८८ वटा स्थानीय तहलाई कोरोना भाइरसको रोकथामका लागि सशर्त अनुदान दिने निर्णय अनुसार, उपमहानगरपालिकालाई ५ लाख नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाख रुपैयाँ दिइनेछ ।

बैठकले मन्त्रिपरिषदका सदस्यहरूको एक महिनाको पारिश्रमिक प्रदेश राहत कोषमा राख्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया