राजपाका संघीय सांसदहरुको १५ दिनको तलब कोरोना रोकथाम कोषमा

समाचार

       

काठमाडौं, १२ चैत । राष्ट्रिय जनता पार्टी नेपालका संघीय सांसदहरुको १५ दिनको तलब कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले राजपा नेपालको संघीय संसदहरुको १५ दिनको तलब कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

संसदीय दलको कर्मचारी र पार्टीको कर्मचारीहरु सवै सेल्फ क्वारेन्टाइनमा रहेकोले विज्ञप्ति निकाल्न नसकिएकोले यसै सूचनालाई आधिकारिक मान्न महासचिव केशव झाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया