राजपा नेता यादवद्धारा एक महिनाको तलब राहत कोषमा दिने घोषणा

राजनीति

       

काठमाडौं, १२ चैत । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादवले आफ्नो एक महिनाको तलब भत्ता सरकारद्वारा गठित कोरोना कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।

सिरहाबाट निर्वाचित सांसद यादवले एक महिनाको तलबभत्ता राहत कोषमा जम्मा गर्ने सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।

उनले फेसबुक वालमा मा लेखेका छन्, ‘विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्न र नियन्त्रण गर्न को लागी मेरो व्यक्तिगत तर्फबाट मेरो एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गर्दछु र साथै सरकार लाई साथ सहयोग गर्न सबै जनाले आ आफ्नो तहबाट एकजुट भइ साथ दिन हुन हार्दिक अपिल गर्दछु ।’

सरकारले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भारस (कोभिड(१९) को सामना गर्न राहत कोष खडा गरेको छ । सो कोषमा सहयोग जम्मा हुने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया