सयजना ज्यालादारी मजदुरलाई मुस्लिम आयोगका अध्यक्षले खाद्यान्न सहयोग गर्ने

समाचार

       

काठमाडौं, १२ चैत । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सयजना ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग गर्ने भएका छन् ।

कोभिड–१९ संक्रमणको जोखिम रोक्नका लागि सरकारले लगाएको लकडाउनका कारण खाद्यान्नबाट अभाव नहोस् भनेर उनीहरुलाई १५ दिनसम्म पुग्ने खाद्यान्न उपलब्ध गराउने आयोगका अध्यक्ष अन्सारीले बताए ।

स्थानीय तहका जनप्रतिनिधिको सिफारिसको आधारमा उनीहरुलाई चामल, दाल, तेल र नुन दिइने उनले बताए ।

यस्तै, सरकारको कोरोना रोकथाम तथ नियन्त्रण कोषमा अन्सारीले एक महिनाको तलब जम्मा गर्ने पनि जनाए ।

तपाईको प्रतिक्रिया