चीनविरुद्ध अमेरिकी कम्पनीद्वारा मुद्दा, भाइरसलाई जैविक हतियारको रुपमा प्रयोग गरेको आरोप

समाचार

       

काठमाडौं, १२ चैत । एक अमेरिकी कम्पनीले चीन विरुद्ध २० ट्रिलियन डालर क्षतिपूर्तिको मुद्दा दायर गराएको छ ।

मुद्दा दायर गराउने कम्पनीको आरोप छ कि चीनले भाइरस प्रसार गरेर जैविक हतियारको रुपमा प्रयोग गरेको छ ।

चीनले वास्तवमा अमेरिकी नागरिकलाई मार्न र रोगी बनाउने षड्यन्त्र गरेको आरोप लागेको छ ।

चीनमाथि बायो—वेपनको रूपमा कोरोना भाइरस फैलाउने आरोप लगाइएको छ ।

दुनियाभर कोरोना भाइरस प्रकोपलाई मध्यनजर गर्दै अमेरिकाका एक कम्पनी चीन सरकार विरुद्ध २० ट्रिलियन डालर क्षतिपूर्तिको मुदा लगाएको छ ।

सो अमेरिकी कम्पनीको आरोप छ कि चीनले यस भाइरसका प्रसार एउटा जैविक हतियारको रूपमा गरेको छ ।

अमेरिकाको टेक्सासका कम्पनी बज फोटोज, वकील लैरी क्लेमैन र संस्था फ्रीडम वाचले मिलेर चीन सरकार, चिनियाँ सेना, वुहान इंस्टीट्यूट अफ वायरोलाजी, वुहान इंस्टीट्यूटका डायरेक्टर शी झेनग्ली र चीनी सेनाका मेजर जनरल छेन वेईको विरुद्ध यो मुद्दा लगाएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

तपाईको प्रतिक्रिया