रौतहटमा लकडाउन उल्लंघन गर्ने ५० मोटरसाईकल, १० ई–रिक्सा नियन्त्रणमा

समाचार

रुपेन्द्र पटेल

       

रौतहट, १२ चैत । रौतहटमा लकडाउन उल्लंघन गर्ने मोटरसाइकल र ईरिक्सालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।

बिहानैबाट पटक–पटक सचेत गराउँदा समेत लकडाउनको उल्लंघन गर्ने ५० वटा मोटर साईकल, १० वटा ईरिक्सा र २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।

बुधबार बिहानैबाट पटक–पटक सचेत गराउँदा समेत बेवास्ता गरेर हिंडेका दुई जनालाई पक्राउ गरेर केही बेर ईलाका प्रहरीमा राखेर सचेत गराउँदै छाडेको डिएसपी शाहीले जानकारी दिएका छन् ।

कोरोना त्रासका कारण जिल्लाका गाउँगाउँमा स्थानीयले गाउँ छिर्ने बाटो समेत अवरुद्ध गरेका छन् ।

तपाईको प्रतिक्रिया