भारतीय गायिका लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग

कला/संस्कृति

       

नयाँदिल्ली, १९ चैत । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छिन् ।

कोरोना भाइरसबिरुद्ध लडाईमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुका नाम यसअघि नै नामसूचीमा दर्ता भइसकेको छ ।

गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान पु¥याउने घोषणा गरेकी छिन् ।

यसैगरी बलिउड क्षेत्रका अक्षयकुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग र्पुयाउने घोषणा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया