सेल्फ–आइसोलेशन र यसका फाइदाहरू

विचार/दृष्टिकोण

       

बेचनकुमार महतो

एकान्तवास (Isolation) अक्सर पीडादायी नै हुन्छ । यो सामाजिक कनेक्टिविटी, राम्रो प्रतिरक्षा, सम्बन्ध सुधार, तनाव व्यवस्थापन र लचिलो लामो जीवनसँग जोडिएको हुन्छ । यसका वावजुद पनि आज पुरा विश्व नै नोवेल कोरोना भाईरस अर्थात् कोभिड–१९को चपेटामा रहेको वर्तमान अवस्थामा समग्र मानव जगत आफ्नो अस्तित्व रक्षाका खातिर लकडाउनमा छन् ।

विश्व स्वास्थ्य संगठनले त विश्वव्यापी आपतकालको घोषणा गरेको अवस्था छ । हामी नेपाली लगायत तमाम विश्व जगत नै यस विश्वव्यापी संकटसँग लडिरहेका छौ । नेपालमा पनि कोरोनाले प्रवेश पाई सकेको अवस्था छ । यस महामारीवाट बच्न ब्रह्मास्त्रको रुपमा लिइएको पूर्ण लकडाउन अभियान नै मात्र विकल्प रहेको विज्ञहरुले सुझाएका छन् ।

अझ वर्तमानको लकडाउन प्रक्रियामा सामाजिक दूरी, र सेल्फ आइसोलेशनलाई सेल्फ क्वारेन्टाइनको प्रमुख कडीको रुपमा पहिचान गरिएको छ । सामाजिक दूरी कायम गर्ने शिलशिलामा आइसोलेशन भनेकै आफूले आफूलाई नै सकभर एकान्त बासमा राख्नु हो ।

यस अर्थमा सामान्य जीवनमा प्रथम पटक अभ्यास गरिदै गरिएको एकान्तवास पीडादायी त छ नै तर यस पीडाको क्षणलाई अवसरमा बदल्न सकियो भने सेल्फ आईसोलेसन अवधिमा आफैंले आफ्ना नियमित कार्यहरु गर्दा आफ्नो गति र आफ्नै तरिकाले मनपर्दो गतिविधिहरूवाट आनन्द लिन मद्दत गर्दछ ।

एकान्त खोजहरूको माध्यमबाट हामी आफैले आफ्नो बारेमा बढि जान्न र आफ्ना अनुभवहरूमा प्रतिबिम्बित गर्न सक्ने अध्ययनहरुले देखाएको छ ।अध्ययनले जनाए अनुसार एकाकीपन र सामाजिक अलगावको मनोवैज्ञानिक गिरावटलाई सन्तुलित गर्न वर्तमानको सेल्फ आइसोलेशन अवधिलाई गुणात्मक समयको रुपमा पहिचान गरी उक्त समयको मानव मात्र कल्याणको लागि महत्व दिन जरुरी छ ।

यस अवस्थामा गरिएका मानव कल्याणका कार्यहरु आफू स्वयंले गर्ने हुँदा यस्ता कार्यहरु अन्य मानिसहरुको प्रभाव तथा विचारवाट मुक्त हुन्छन् । एक्लो समयको लागि आफ्नो चाहना आफ्ना समग्र व्यक्तित्वबाट धेरै प्रभावित भएको हुन्छ । सेल्फ आइसोलेशनमा वस्न सक्ने क्षमता हाम्रो व्यक्तिगत अन्तर्मुखी र वहिर्मुखी स्वाभावमा भर पर्दछ ।

अन्तर्मुखी हुनको मतलब सँधै एक्लो रहन चाहनु नै भने होइन । सबैभन्दा अन्तर्मुखी मानिसहरूले पनि एक समर्थन नेटवर्क र सामाजिक जडानको आवश्यकता महसुस गर्न सक्दछन् । यसतै बहिर्मुखी हुनुको मतलब यो होइन कि तपाईं आफ्नो कम्पनीको मजा लिन सक्षम हुनुहुन्न ।

यदि तपाईं स्वाभाविक रूपमा भीडको साथ खोज्नुहुन्छ भने पनि, तपाईं कसरी अब र त्यसपछि आफ्नो लागि अलिक समय आनन्द लिन सकिन्छ त्यसको खोजी गरी रहेको हुन सक्दछ ।यस अर्थमा एक्लो हुनु र एकाकीपन दुई भिन्न कुराहरू हुन् । एकाकीपनले सामाजिक जडानहरू चाहेको बेलामा पनि अल्गिएको अवस्था हो, जहाँ एक्लो हुनुको मतलब नियमित सामाजिक कुराकानीको बीचमा आफैंको लागि समय लिन सक्नु हो ।

सेल्फ आइसोलेशन उत्पादकत्व हुन सक्ने अवस्थाड्ड जब यो स्वेच्छिक हुन्छ ।ड्ड जब स्वयंले पनि सकारात्मक सम्बन्ध कायम गर्न सकिन्छ ।ड्ड जब चाहेको अवस्थामा समाजिक समूहमा फर्किन सकिन्छ ।ड्ड जब एकान्तवासलाई सहज तथा फाइदाजनक महसुस गर्न सकिन्छ ।

सेल्फ आइसोलेशनमा वस्नुका फाईदाहरुमैले यी विचारहरु लिपिवद्घ गरि रहदा आज लगभग एकहप्तादेखि आफू सेल्फ आइसोलेशनमा रहँदा गरेका अनुभवहरु र ती अध्ययनले देखाएअनुसार यद्यपी धेरै सामाजिक अलगावले शारीरिक र मानसिक स्वास्थ्य दुबैमा गम्भीर असर पर्दो रहेछ । तर यसलाई सन्तुलित गर्दै  बलियो र सहयोगी अनलाईन सामाजिक जडानहरू कायम गरेर आफैंमा समय खर्च गर्नका निम्न बमोजिमका फाइदाहरू अनुभुति गर्न सकिन्छः

 १. यसले एकाग्रता र स्मरण सुधार गर्न सक्छः समूहमा कार्य गर्दा पर निर्भरताले राम्रो स्थान पाएको हुन्छ । समूहमा कार्य गर्दा आफ्नो जानकारी व्यवस्थापन गर्न कम प्रयास गर्ने गरिन्छ किनकि तपाईं केवल यो अनुमान गर्नुहुन्छ कि समूहमा अन्य व्यक्तिले जानकारी व्यवस्थापन गरेका होलान भनेर । एक्लै कार्य गर्दा तपाईंको ध्यान केन्द्रित गर्न मद्दत गर्दछ, जसले तपाईंको अवधारणा र सम्झने शक्तिमा सुधार गर्न सक्दछ । लकडाउनको अवस्थामा सामाजिक सञ्जालहरुमा आफ्ना पुराना तस्विरहरु पोष्ट हुनु यसको उदाहरणमा लिन सकिन्छ ।

२. यसमा चाहना प्राथमिकतामा रुपान्तरित हुन सक्छःआइसोलेशनले तपाईंलाई तपाईंको रुचिमा ध्यान केन्द्रित गर्न समय दिन्छ । एक्लो रहनु आत्म विकासको महत्वपूर्ण अंश हो । यसले तपाईंलाई आफैंलाई चिन्न अनुमति दिन्छ । आफैंमा समय लिनुले तपाईंलाई रचनात्मक छनौट गर्ने र तपाईंको ध्यान केन्द्रित गर्न महत्तवपूर्ण अवसर प्रदान गर्दछ चाहे अन्य व्यक्तिले जे सुकै सोचोस् ।

कोरोना भाईरस विरुद्घको वर्तमानको लकडाउनको अवस्थामा तपाइँको स्वस्थ्य रहने चाहना हाल आएर सरसफाई रुपीे प्राथमिकतामा रुपान्तरित भएको छ । अरुले जे सुकै भनोस् बाहिर हिँडदा मास्क लगाउने र छिन छिनमा हात सेनिटाईज गरी रहने अहिले सवैको प्राथमिकतामा रहेको छ ।

३. यसले रचनात्मकता बढाउँछःसमूह कार्यलाई नयाँ विचारहरू उत्पादन गर्ने उत्तम तरिकाहरू मध्ये एक तरिकाको रूपमा लिइन्छ । तर अनुसन्धानले पत्ता लगाएअनुसार मानिसहरू कठिन समस्याहरू समाधान गर्नमा तब उत्तम हुन्छन् जब उनीहरू आफ्नो कार्य आफै गर्छन् । जहाँ सामूहिक प्रयासहरू प्रायः सहमति जुटाउन र सहकार्यको बारेमा हुन्छन्, एकल कार्यले थप सामाजिक दबाब बिना नवीनतालाई प्रोत्साहित गर्ने गर्दछ । टिकटोक प्रविधिको प्रयोग मार्फत क्यारीकेचर गरी सामाजिक सञ्जाल भरी नविन कलाकारहरुको उदय हुन यसको उदाहरणको रुपमा लिन सकिन्छ ।

४. यसले तपाईंको सम्बन्धलाई सुधार गर्दछसम्बन्धहरू तब बलियो हुन्छ जब प्रत्येक व्यक्तिले आफ्नो देखभाल स्वयंले गर्दछ । अभावले हृदयलाई साघुँरो बनाउने आम वुझाई नै छ । ब्रिटिश जर्नल अफ साइकोलोजीमा प्रकाशित एउटा अध्ययनले पत्ता लगाए अनुसार अत्यन्त बुद्धिमान मानिसहरु साथीहरुसंग सामाजिक बन्न जति बढी समय बिताउँछन् त्यक्ति नै बढी असन्तुष्ट हुन्छन् । अतः मित्रता र एक मजबूत सामाजिक समर्थन प्रणाली हुनु तपाईको मानसिक स्वास्थ्य र कल्याणको लागि महत्वपूर्ण त छ नै, तर एक ब्रेक लिने र केही समय आईसोलेसनमा बस्नाले पछि गएर तपाँईका सामाजिक सम्बन्धहरु अझ वढी सुमधुर हुन सक्दछ । लकडाउनको वर्तमान अवस्थामा विगतको भन्दा तपाईको फेसबुक साथीको संख्या वढेको हुन सक्दछ ।

५. यसले तपाइँलाई अधिक उत्पादक बनाउँछसहकार्य र नवाचारमा सुधार गर्नका लागि सामूहिक कार्यमा प्रायः जोड दिईन्छ, तर यो विचलित हुने पनि हुन सक्छ । एक पटकमा एक भन्दा बढी कुरामा ध्यान केन्द्रित गर्ने प्रयास गर्दा पनि समग्र उत्पादकत्व कम हुन सक्दछ । त्यसो भए एक पटकमा एक कार्यमा मात्र ध्यान केन्द्रित गरेर उत्पादकत्व वढाउन सकिन्छ । कोरोना महामारी विरुद्घको समग्र लकडाउनले यस महामारीलाई एक दिन निस्तेज पार्ने निश्चित नै छ ।

६. यसले तपाईंलाई अझ समानुभूतिशील बनाउँछः अनुसन्धानले प्रमाणित गरेको छ कि एकल समयको निश्चित मात्राले तपाईंलाई तपाईंको वरपरका मानिसहरूका लागि ठूलो समानुभूति देखाउन मद्दत गर्दछ । निश्चित वातावरणहरूमा चरम भावनाहरूको अनुभव लिएको विश्वासमा अरुले तपाईसँग घनिष्ठ सम्बन्धकायम गर्न खोज्दछन् । एउटा अध्ययनमा अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि जब किशोर किशोरीहरू जम्मा ५ दिन सञ्चार उपकरणहरू बिना बस्दा तिनीहरूले आफ्ना भावनाहरू र अनुहारको भाव अभिव्यक्ति गर्ने राम्रो क्षमता विकास गर्न सकेका थिए । श्रोत र साधनको सिमित उपलब्धता र धेरै अभावको बीचमा बाँच्न सिकेको जिन्दगी जस्तो सुकै कठिन र अभावमा विचलित हुन सक्दैन ।

७.महामारीलाई निस्तेज गर्छः निष्कर्षसेल्फ आइसोलेशनमा बस्नु सबैको लागि स्वभाविक नहुन सक्दछ । यदि तपाईं साथीहरू र परिवारलाई आफ्नो वरपरको वातावरण बनाउनु भएको छ वा अपरिचितहरूको कार्यलाई प्राथमिकता दिनुहुन्छ भने आइसोलेशनमा बस्ने आनन्दको स्वादपान गर्न केही समय लाग्न सक्छ । तपाईको चाहनाहरुलाई बढावा दिदै नयाँ प्रेरणाहरू पत्ता लगाउन, आफैलाई अझ राम्ररी चिन्नको लागि, वा केही बढीे आराम र विश्राममा व्यस्त राखे सेल्फ आइसोलेशन मा अभ्यस्त हुन सकिन्छ ।

(लेखक नेपाल मधेशी निजामति कर्मचारी मञ्चका महासचिव हुन् ।)

तपाईको प्रतिक्रिया