एनआईसी एसिया बैंकद्वारा महाराजगन्ज नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

अर्थ/वाणिज्य

       

कपिलवस्तु, २२ चैत । एनआईसी एसिया वैंक लिमिटेड इमिलिया शाखाले कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकालाई कोरोनाको महामारीबाट बच्न सहयोग गर्नका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नगरपालिकाको कार्यालयमा लगेर १ हजार थान डिटोल साबुन हस्तान्तरण गरेको छ ।

बैंकका क्षेत्रीय प्रतिनिधि अर्जुन तिमिल्सिनाले नगर प्रमुख अब्दुल कलामलाई उक्त साबुन हस्तानान्तरण गरेका हुन् । हस्तानान्तरण गर्दै तिमिल्सीनाले गाउँ–गाउँसम्म कोरोनाको प्रकोप न्यूनिकरणका लागि सामाजिक दायित्वअनुसार स्थानीय सरकारलाई सहयोग गरिएको बताए ।

सामग्रीले विपन्न वस्तीमा रहेका गरिब नागरिकको सरसफाईमा टेवा मिल्ने नगर प्रमुख अब्दुल कलामले बताए ।

विपदको वेला स्थानीय सरकारलाई निजि क्षेत्र, सामाजिक संस्था र व्यवसायीले सहयोग गरी सहकार्य गनुपर्ने र त्यसका लागि नगरले सबैलाई आग्रह समेत गरेको उनले बताए ।

सो अवसरमा उपप्रमुख शोभावती कुर्मी, प्रमुख प्रशासकीय अधिकृत वेद प्रकाश खरेल, सामाजिक विकास अधिकृत निरन्जन पौडेल, वैंकका शाखा प्रबन्धक प्रकाश शर्मा, प्रेस युनियनका केन्द्रिय पार्सद रोमलाल खनाल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया