राहत कोषमा लक्ष्मी बैंकको १० लाख सहयोग

अर्थ/वाणिज्य

       

जनकपुरधाम, २४ चैत । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा लक्ष्मी बैंकले दस लाख रुपैया सहयोग गरेको छ ।

बैंकका जनकपुरस्थित कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई दश लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि कोषमा नेपाली काँग्रेस प्रदेश नं. २, सिभिल बैंक, मेगा बैंक ,गण्डकी विकास बैंक, कुमारी बैंक, माछापुछ्रे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, भाटभटेनी सुपर मार्केट लगायतका संघसंस्थाहरुले रकम सहयोग गरिसकेका छन् ।

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

तपाईको प्रतिक्रिया