"घर पुग्न पाकै छैन, सरकार भन्छ STAY HOME STAY SAFELY "

विचार/दृष्टिकोण

       

कौशल गोपालवंंशी

नेपाल सरकारले चैत्र १२ गते देखि बैशाख ३ गते सम्म lockdown गर्ने निर्णय गरेको छ। चैत्र ८ गते शुक्रवार सम्म नेपालको अवस्था सामान्य थियो। १० गते बाट सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णय चैत्रको ८ गते गर्यो। तर प्राभेट सवारी साधन बन्द गरिने निर्णय गरेको थिएन ।

त्यस पश्चात् चैत्र ११ गते करिब दिनको २ बजे नेपालमा एउटा कोरोनाको बिरामी फेला पर्यो । त्यही दिन सरकारको आकस्मिक बैठकले भोलिपल्ट अर्थात चैत्र १२ गते बाट पुर्णरुप lockdown घोषणा गरियो ।

चैत्र १२ गते देखि पुर्णरुपमा बन्द गरेपछी घर भन्दा बहिर काम गर्न गएका मजदुर ,कर्मचारी तथा ब्यापारीलाई ठुलो मर्का पर्यो। नेपालमा करिब १.२५ लाख मजदुर निर्माण स्थलमै lockdown मा परे। त्यसमा भारतीय मजदुरलाई झन गह्रौ भएको देखिन्छ ।

एकतिर पहाडी जनताले उनीहरुलाई शंकाको दृस्ठिकोणले हेर्दैछ भने अर्को तिर यस्तो बेलामा घरपरिवारलाई दु:खदको घडीमा एकलै छोडेको दुख छ; भने सम्बन्धि निर्माण व्यवसायीले मजदुरीको पैसा समेत भुक्तानी नगरेकोले कतिपय संग घरजाने र खाने पैसा समेत नभएको अवस्था छ। तरपनि जिवनको अन्तिम घडीमा परिवारको मुख देखु भन्ने आशामा उनिहरु हिडेर भए पनि आफ्नो जन्मभूमि तिर लागेको छ।

काठमाडौ ,नेपालगन्ज , बिराटनगर , पोखरा जस्ता कयै ठाउबाट उनीहरु २७-३० °c को तापक्रममा हाइवेको छेउ छेउमा हिड्दै हिड्दै घर फर्किन लागेका छ्न । हिडदा कहिलेकाहीँ ठुला बडा भनिने हाकिम सहाबको गाडी, त कहिले कुनै रिजर्भ गाडी हिडेको देखिन्छ ।

कयौ चोटि उनीहरूले हाथ हल्लाए तर कोहिले गाडी रोकेन ।कुनै बेला ट्राफिक प्रहरीले उनीहरुलाई सहयोग गरेको देखिन्छ । करिब १० हजार भन्दा बढी मजदुर अहिले पनि घर जाने बाटैमा छ्न भने कतिपय घर पुगिसकेका छ्न। यसैगरि कर्मचारी र अन्य पेशागतका व्यक्ति पनि यो lockdown को चपेटामा परेका छन् ।

काठमाडौ महानगरपालिकाका मेयरले त राहत  वितरणमा पनि स्थानीय भन्दा बहिरका लागि राहत तथा उद्धारको कार्यमा खसै चासो नदिएको अवस्था छ। यिनलाई भोट दिनको लागि स्थानीय चाहियो बाहिरको मजदुरको के काम; त्याही भएर हो कि बाहिरको पीडितलाई राहत बितरणमा ध्यान नदिएको हो ।

आज समाजिक संजालमा बाटोमा हिडेरहेका ती पीडित प्रतिको कटाक्छ हेर्दा खेरी यस्ता कटाक्छ गर्ने महानुभावहरु एक चोटि तपाई यस्तो विषम परिशथितिमा बेघर भएर हेर्नुस् अनि बल्ल थाहा हुन्छ कि वास्तविक समस्याके हो ।

जब मन्छे घर पुग्न सकेका छैन अनि lockdown को पालना कसरी गर्ने हो । Stay Home Stay Safely कसरी लागू गर्ने घर नपुगी । 

तपाईको प्रतिक्रिया