अब कनेक्ट आइपीएसमार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

अर्थ/वाणिज्य

       

काठमडौं, २९ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेयमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिनेछ ।

कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने छ ।

कम्पनीको शाखा÷उपशाखा कार्यालयमा गई आप्mनो प्रिमियम भुक्तानी गर्दै आउनुभएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आइपीएसमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा तथा प्रभु पेबाट अनलाइन भुक्तानी भइरहेको छ ।

त्यस्तै, फोन पेमार्फत आप्mनो बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङ्गमार्फत अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफले अन्य डिजिटल पेयमेन्ट सिस्टमबाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया