कोरोना कोषमा प्राइम बैंकद्वारा १ करोड ७५ लाख सहयोग

अर्थ/वाणिज्य

       

काठमाडौं, ५ बैशाख । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारद्धारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ ।

एक करोड पचहत्तर लाख रुपैयाँको चेक बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाई हस्तान्तरण गरेका छन् ।

साथै लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पु्याउँदै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले जनाएका छन् ।

तपाईको प्रतिक्रिया