प्रदेश राहत कोषमा महालक्ष्मी बैंकको ४ लाख सहयोग

अर्थ/वाणिज्य

       

जनकपुरधाम, ७ बैशाख । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा महालक्ष्मी बैंकले सहयोग गरेको छ ।

महालक्ष्मी बैंकले प्रदेश राहतकोषमा चार लाखको सहयोग गरेका छन् । बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आइतबार विहान मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई चार लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्रदेश राहत कोषमा प्रदेशमा शाखा संचालन गर्दै आएका प्रायः बैंकहरुले सहयोग गरेका छन भने केही समाजिक संस्था र उद्योगपतिहरुले समेत सहयोग गरेका छन् ।

राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया