धैर्यताको बाँध नटुटोस्, “प्रधानमन्त्रीजी” (विचार)

विचार/दृष्टिकोण

       

सूर्यदेव यादव

सहौं –सहौं– सहौंबाबू, सहनै नसकेपनि,

वेला सामुदायिक स्वराजको पर्ख, जिन्दगीमा हठी बनी–२

आज विश्व नै कोरोना भाइरस (कोभिड–१९) जस्तो डरलाग्दो महामारीबाट गुज्रिरहेको अवस्थामा नेपाल सरकारको अनुभूति हुन नसक्नु दुःखलाग्दो कुरा हो । यसरी हेर्दा, मधेशमा बसोवास गर्दै आइरहेका मधेशी जनताको तथ्याड्ढ, अवस्था, बलिदानी तथा संघर्ष नेपाल सरकारको मानसपटलमा ताजै हुनुपर्दछ । फेरि पनि यस्तो महामारीको बेला जनता “रोगलेभन्दा भोकले मर्नु” किन ? कारण के ? अहिले आफूभन्दा पनि आफ्नो छोराछोरीको जिउँमा वस्त्र नभएको, खुल्ला आकाशको सुताई र भोको पेटको अवस्था । यो दृष्य सरकारको सामुन्ने नै छ, जुन मानव जातिको लागि अभिशाप हो । यस परिस्थितिमा जनमत पार्टी सप्तरीको ध्यानाकर्षण भएको छ ।

स्मरणीय रहोस्, जनमत पार्टीको केन्द्रीय अध्यक्ष डा. सि.के. राउतज्यूद्वारा अहिले जनताको अवस्था र सरकारको रवैया हेरेर लकडाउनको समय अवधिभित्र “बाँचौं र बचाऔं” उद्देश्यसहित देशवासीको नाममा तीनचोटी विभिन्न कार्यक्रममार्फत सम्बोधन गरिसक्नु भएको छ । जसमा १४ बुँदे सुझाव सहित सामाजिक सञ्जालमार्फत सरकारलाई ध्यानाकर्षण गराइसकेका छन् ।

अपितु सर्वप्रथम गरिबीको रेखामुनि बाँचिरहेका जनताको बैंक खाता अविलम्ब खोलाईयोस् भन्ने आग्रह समेत गरिएको छ, यसैमार्फत दीर्घकालिन रुपमा राहत जाओस्, जसमा भ्रष्टाचारको गन्ध रहन्न । परन्तु, राहतको नाममा सोझासाझा जनतालाई दुःख दिने, स्थानीयस्तरमा जनप्रतिनिधिहरुले तान्डव नृत्य देखाई भ्रष्टाचार गरेको तथ्य जिल्ला–जिल्लाको ठाउँ ठाउँमा भइरहेको झडपले पुष्टि गर्दछ, जुन घृणित कार्य हो, जसलाई जनमत पार्टी सप्तरीले घोर भत्र्सना गर्दछ । यसको प्रमाण सप्तरी जिल्लाको राजविराज न.पा., डाकनेशरी न.पा., सप्तकोशी न.पा., कञ्चनपुर रुपनगर न.पा., विषणुपुर न.पा. लगायत दर्जनौं........ ।

यी र यस्ता घृणित कार्य मधेशको २२ वटै जिल्लामा भइरहेको अवस्था दिनहुँ सामाजिक सञ्चालमार्फत देख्न, पढ्न सकिन्छ । यद्यपि सर्बहारा मुक्तिको दुहाई दिने सरकार, निरोको शैलीमा बालुवाटारभित्र बाँसुरी बजाइरहेको दृष्य स्पष्ट छन् । अहिलेको यस्तो परिस्थितिमा जनमत पार्टीको अनुरोधलाई गम्भीरताका साथ लिई यथाशिघ्र राज्यले समाधान गर्ने प्रयास गरियोस्, होइन भने, “मरता क्या नहीं करता” । यस्तै अवस्था रहिरहे, जनमत पार्टी केन्द्रीय आह्वानमा हामी अगाडि बढ्नेछौं र जनतालाई बचाइ छाड्नेछौं, किनकि, सार्वभौमसत्ता जनतामा निहित रहेको छ, जनता नै सर्वशक्तिमान हुन् । पथ देखो, पथिक नहीं ।

जय स्वराज, जय जनमत, जय मधेश

(यादव, जनमत पार्टीका केन्द्रीय सञ्चार प्रमुख तथा सप्तरी जिल्ला ईन्चार्ज हुन् ।)

तपाईको प्रतिक्रिया