जनता समाजवादी पार्टीलाई शुभकामना र सुझाव

विचार/दृष्टिकोण

हुम सुनारी मगर

       

समाजवादी र जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बन्ने सहमति भएछ। शुभकामना छ शिशु पार्टीलाई। विज्ञप्ति हेर्दा दुई दलहरू एकता गर्ने सहमति मात्रै भएको तर वैधानिक रूपले एकीकरण भईसकेको देखिदैन। यसले छिट्टै नेपालको भूगोल, नेपाली जनताको वर्ग र जातीय अवस्थालाई उचित रूपले व्यवस्थापन गर्ने गरि एउटा व्यवस्थित राजनीतिक कार्यदिशा सहितको विधान मस्यौदा तयार पारोस् र पहिलो राष्ट्रिय भेला आयोजना गरेर जारी गरोस्।

यो पार्टी नेकपा र काँग्रेसमा जस्तो एक जातिको बर्चस्व नहोस्। यस जनता समाजवादी पार्टीको हुनेवाला संरचना हेर्दा मधेश समुदायका नेताहरूको बाहुल्यता हुने देखिन्छ। यो पार्टीलाई कुनै एक निश्चित जाति अथवा समुदायको राजनीतिक पार्टी हो भन्ने आम जनतालाई नपरोस्।

पार्टीको हरेक तहमा जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी भएको विभिन्न संरचनाहरू बनोस्। नेपालमा बसोबास गर्ने सबै आदिवासी जनजाति, मधेशी, दलित, खस(आर्य, सिमान्तकृत र अति पिछदिएका समुदायहरूको समान र सम्मान रूपले सहभागिता होस्। अति बिपन्न र पिछडा समुदाय र वर्गलाई कम भन्दा कम समय भित्रमा नै सम्पन्न र समृद्ध बनाउँन यस पार्टीले प्रमुख भूमिका खेलोस्।

भ्रष्टाचारलाई सून्यमा झार्न पार्टीले उचित कानूनी उपचार अप्नाओस्। राजनीतिलाई धन सम्पती आर्जन गर्ने हेतुले आजीवन राजनीति गर्ने पेशा बनाईरहेका छन्, त्यस्तो गलत प्रवृत्तिको अन्त्य गरोस्। सत्तामा पुगेर आफ्ना नातागोता र कार्यकर्ताहरूलाई पोस्ने र राजनीतिक नियुक्ति दिने गलत प्रवृत्तिको पनि अन्त्य गरियोस्। भूमाफिया, कालाबजारिया र दलालहरूसँग पार्टी र यसका नेता कार्यकर्ताहरूको संलग्नता भएको पाइएमा त्यस्ता कमिशनखोरलाई पार्टीमा कहिल्यै पुनस् प्रवेश हुन नपाउँने गरि पार्टीबाट निस्कासन गरोस्। गलत आंचरण भएका जो कोहिलाई पार्टीको ढोका सदाका लागि बन्द होस्।

पार्टीले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख ९राष्ट्रपति होइन, भारतले जे नाम राख्यो त्यहि राख्नु पर्छ भन्ने छैन० निर्वाचित हुने व्यवस्था गरोस्। र, जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशिता भएको विधायकको व्यवस्था गरोस्। विधायकलाई मन्त्री बनाउँने व्यवस्था नहोस्। सम्बन्धित क्षेत्रमा विज्ञहरूलाई सोहि अनुसारको मन्त्रालयको जिम्मा दिने व्यवस्था होस्। त्यसो गर्दा कुलमान घिसिङ्ग उर्जामन्त्री बन्न सक्नेछ। डा। महावीर पुन विज्ञान तथा प्रविधिमन्त्री बन्नेछ। डा। अनुराधा कोइराला महिला तथा बालबालिका मन्त्री बन्न सक्नेछ। उत्तम संजेल शिक्षामन्त्री बन्न सक्नेछ।

त्यस्तै विभिन्न समुदायबाट विज्ञ व्यक्तित्वहरू त्यो अनुसारले मन्त्रीहरू र संवैधानिक निकायका प्रमुख बन्न सक्नेछ। विधायक मन्त्री बन्न नपाउँने व्यवस्था भएपछि वर्तमान अति महँगो र भ्रष्ट चुनावी प्रणालीको स्वतस् अन्त्य हुनेछ। विधायकको काम नियम, कानून र नीति निर्माण बनाउँने हो।

राज्यको कुनैपनि जिम्मेवार पद र संवैधानिक निकायको ओहोदामा बहाल जो कोहिले राज्य र जनतालाई प्रत्यक्ष वा अप्रत्यक्ष असर पर्नेगरी भ्रष्टाचार गरेको ठहरिएमा त्यस्ता व्यक्तिलाई फाँसीको सजाय हुने व्यवस्था कानूनलाई यस पार्टीले अवलम्बन गरोस्।

[email protected]

तपाईको प्रतिक्रिया