कोरोना महामारीबाट जनतालाई जोगाउ : राजेन्द्र महतो

राजनीति

       

काठमाडौं, २६ बैशाख । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई आग्रह गरेका छन् । महतोले कोरोना भाइरस महामारी भएका कारण त्यसलाई मजाकका रुपमा नलिन सुझाबसमेत दिएका छन् ।

शुक्रबार बसेको संघीय संसदको बैठकमा सम्बोधन गर्दै जसपाका नेता महतोले भने, ‘कोरोना भनेको मजाक होइन, यो महामारी हो’, सांसद महतोले भने, ‘यो छैन छैन भनेर पुग्दैन, डब्ल्यूएचओले भनेको सुन्नुहोस् ।’

सांसद महतोले शक्तिशाली देश अमेरिका र अस्ट्रेलियाजस्ता देशहरु समेत कोरोनाको महामारीमा निरीह बनेको भन्दै नेपालजस्तो देशले पूर्वतयारी गर्नुपर्ने बताए।

‘महामारीबाट जनतालाई जोगाउ भन्ने मेरो एउटा मात्रै माग हो’, उनले भने, ‘हाम्रा लाखौँ जनता विदेशमा छन्, संकटको बेला उसको रोजगारी खोसिएको छ, ऊ नेपाल फर्कन चाहन्छ। यो अवस्थामा सरकारले के गरिरहेको छ ? सरकारले योजना बनाउनु पर्दैन, आफ्नो मातृभूमि पनि फर्कंन नपाउने?’

तपाईको प्रतिक्रिया