नेपालले वार्ताबाट समस्याको समाधान निकाल्नुपर्छ : जसपा सांसद गिरी

राजनीति

       

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणका विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

उनले वार्ताको माध्यमबाट सीमा समस्या समाधान गर्न आग्रह गरेकी छन् । उनले छिमेकीसँग वार्ताको माध्यमबाटै समाधान निकाल्नु उचित विकल्प रहेको बताइन् ।

आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बसेको बैठकमा सांसद गिरीले यस्तो धारणा राखेकी हुन् ।

‘परराष्ट्र मन्त्रालयबाट आएको अडानको आधार के ? मैले आधार खोज्दाखरि आधार त नक्सा हो । १८१६ को सन्धीको कुरा आइरहेको छ, मन्त्रालय छैन भनेर हामीले जानकारी पाएका छौं ।’ उनले भनेकी छन्, ‘यो विवाद सुरु भइसकेपछि ब्रिटिश इन्करेन्सको किताबहरु पढ्दा खेरि एउटा पनि यस्तो नक्सा देखिएन जसमा लिम्पियाधुरा, लिपुलेकको एलोंगेटेड प्रोसेज जुन बताइरहेको छ कुनै पनि नक्सा भेटाएको छैन ।’

उनले भनिन्, ‘मन्त्रीजीले अलि खुलेर बोल्नुपर्यो । १९५५ मा जब नेपालले युएन मेम्बरसिप लिनका लागि नेपालले जुन नक्सा त्यहाँ दर्ता गराएको छ, त्यो नक्सा पनि कतै न कतै एउटा सबुतको रुपमा छ । जसले गर्दा सरकारको बोल्ने पोजिसन एउटा बेग्लै हो तर एक्सनमा आउन नसक्ने कारणहरु के के हुन् भन्दाखेरि त्यो नक्सा पनि हो जस्तो लाग्छ ।’

‘सरकारले युएनमा कुन नक्सा पेस गरेको छ त्यो पनि यहाँ थाहा होस् । नेपाल–भारत र नेपाल–चीनबीच पनि सीमा समस्या छन् । कालापानी किन विवादित भयो भने यसको एउटा मात्रै कारण कि भारत र चीनबीचको युद्ध । त्यो युद्धले गर्दा त्यो क्षेत्रको महत्व बढ्यो । यो कुरालाई ध्यानमा राखिकन नेपालले वार्ताबाट यो समस्याको समाधान गर्नुपर्छ ।’ उनले भनेकी छन् ।

तपाईको प्रतिक्रिया