लिम्पियाधुरा र लिपुलेक नेपालको अविभाज्य भूमि : समाजवादी पार्टी

राजनीति

       

काठमाडौं, २९ बैशाख । नेपालको पश्‍िचमी सीमास्थित दार्चुलामा पर्ने लिपुलेक हुँदै भारतले सडक बनाएपछि विरोधको स्वर बढिरहेको बेला समाजवादी पार्टी नेपालले पनि आपत्ति जनाएको छ ।

नेपाल र भारतको सीमासम्बन्धी १८१६ को सुगौली सन्धिको स्मरण गराउँदै समाजवादीले नेपाली भूमिमा छिरे अवैध गतिविधि नगर्न भारतलाई आग्रह गरेको छ ।

‘उक्त सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको अभिवाज्य भूमि हुन्’, समाजवादीले सोमबार जारी गरेको विज्ञप्तीमा भनेको छ, ‘नेपालको सहमतिबिना त्यस क्षेत्रमा निर्माण कार्य पूर्णरुपमा अस्वीकार्य छ ।’

विज्ञप्तिमा नेपाली भूमिमा भएको अतिक्रमण हटाउन भारतलाई भनिएको छ । द्धिपक्षीय सीमासम्बन्धी विवाद तत्काल छलफलबाट समाधान गर्न पनि पार्टीले नेपाल सरकारसँग आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘मैत्रीपूर्ण सम्बन्ध कायम गरी लिपुलेक लगायत मुलुकको मिचिएको भूगोल फिर्ता ल्याउन वार्तामा बस्‍न आग्रह गर्छौं ।’

 

तपाईको प्रतिक्रिया