स्मृतिको आँखीझ्यालमा रामजनम तिवारी

विचार/दृष्टिकोण

जयप्रकाश गुप्ता

       

रामजनम तिवारी, नेपाल सदभावना परिषद र पछि बनेको नेपाल सदभावना पार्टीका संस्थापक नेता मध्येका एक हुन। तिवारी जी का बारेमा यसरी नै परिचय दिईन्छ । र, यही परिचयका कारणबाट उहाँका बारेमा थप खोजिनीतिको आवश्यकतालाई पर सारिन्छ। अनि सधैं बिभाजनको खिचलोमा अल्झिन मन पराउने सदभावना पार्टीका पृष्टभूमिबाट आएकाहरूले बहुधा तिवारी जीलाई मन पराउदैनन् ।

उनिहरूको बिचारमा तिवारीले गजेन्द्र बाबुलाई नेता मान्न चाहेनन् । पार्टीलाई बिभाजित गरे। सदभावना तिवारी बनाए(आदि इत्यादि।आफुलाई राष्ट्रका मूलधारका ठान्नेहरूले सदभावना पार्टीसंगको आवद्धताका कारणले र सदभावना पार्टीका रैथानेहरूले तिवारी जीले गजेन्द्र बाबुलाई चुनौति दिएको कारणले गर्दा उहाँको सत्चरित्र मूल्यांकन हुन सकेन । तैपनि रामजनम तिवारी यौटा सालिकको रूपमा बीरगंजको घण्टाघर चौकमा उभीई रहनु भएको छ ।

बी.पी. जेल पर्नु भो। राजा महेन्द्रको कू पछि नेकाको नेतृत्व अधिनायकीय शक्तिका साथ सुवर्ण शम्सेर जीको जिम्मा गयो। बासु दाई, बासु देव रिसाल तेस कालखण्डका अन्तस्पुर निवासी र जानकार हुनुहुन्थ्यो। म संग घनिभूत कुरा हुन्थ्यो । म उहाँको नजरमा मधेसी भन्दा पनि प्रजातन्त्रवादी ठानिएको थिए।

मैले सोधे, बासु दाई! सुवर्ण जीले भद्रकाली मिश्र, गजेन्द्र नारायण सिंह, रामजनम तिवारी, काशी प्रसाद श्रीवास्तव,चैतुलाल चौधरीहरूलाई किन राख्न सक्नु भएन पार्टीमा ? मैले उल्लेख गरेका नामहरू नेका भित्र सुवर्ण जीसंग जोडिएका नामहरू थिए । बि.स. २०३२ साल तिर यिनीहरू सुस्तरी काँग्रेससंग असहमत हुदै मधेसको कुरा गर्न शुरू गर्नु भएको थियो ।

नागरिकता आदिको मुद्दा उठाएर नेकाको केन्द्रीय समितिमा छलफल गरिनु पर्ने मांगका साथ यौटा संयुक्त वक्तव्य दिनु भएको थियो र तत्पश्चात उहाँ मध्ये केहीसंग स्पष्टिकरण सोधिएको थियो। टाढिने क्रमको निर्माणसंगै पछि सदभावना परिषदको गठन तर्फ कुरा पुग्यो। म बासु दाईसंग यही पृष्ठभूमि खोतल्दै थिए। ल भन्नुस त बासु दाई !

मलाई छेडने नेत्रका साथ म तिर उन्मुख हुदै भन्नु भयोस् ल भन त यौटा मधेसीको लागि प्रजातन्त्र कतिको आधारभूत कुरा हो? म छक्क परे। कस्तो प्रश्न हो यो भनेर! कलेज पढदा ‘प्रेम’ र ‘प्रजातन्त्र’ मध्ये प्रजातन्त्र रोजेको मैले(मधेसीको लागि प्रजातन्त्र आधारभूत कुरो होईन भन्ने कुरो नै थिएन ।

मोडिएको चार औंलामा अठ्याएको चुरोटको खरानी ठक्कसंग झार्दै बासु दाई फेरी सोध्नु हुन्छस ल भन त, मधेसीको आदर्श पुरूष वेदानन्द झा हुन कि गजेन्द्र नारायण वा रामजनम तिवारी? बासु दाईको यो पैठेजोरी हेरी सि.के. प्रसाईका कुराहरू याद आउन थाल्यो। हाँस्दै सि.के.ले एक पटक भन्नु भाथ्यो(यो कृष्ण बासु देव हैन, बांगो बासु देव हो जेपी! कठिन प्रश्नहरूका साथ गलाउनेमा बासु दाईको जोडी थिएन काँग्रेसमा। तर, गंभीर रूपमा उहाँले इतिहासको पानाहरू पल्टाउनु भयो ।

सत्र सालको शाही कू पछि गोरखा परिषदले आफु संसदमा नेकाको बिरोधी रहेको बिर्सेर पुरै पार्टीलाई नेकामा बिलय गरायो। राजा महेन्द्रका लागि यो अत्यन्त अनपेक्षित बिषय थियो। राजा महेन्द्रलाई साथ दिने कि नेकालाई? यो बिषयले तराई काँग्रेसमा रडाको मच्चाएको थियो। पन्द्रह सालको पहिलो संसदीय चुनावमा नराम्रो पराजय भोगेको तराई काँग्रेसको लागि शाहिसत्ताको नजिक बस्ने राम्रो मौका हो यो भनी वेदानन्द झा, जो तराई काँग्रेसका सभापति थिए, राजाको कदमलाई समर्थन जनाउने अडानमा थिए ।

तराई काँग्रेसका महामंत्री रामजनम तिवारीको स्पष्ट मत थियोसयदि मुलुकमा प्रजातान्त्रिक शासन रहेन भने किमार्थ पनि मधेस र मधेसीको हीत हुन सक्दैन। तिवारी जीले वेदानन्द झासंग असहमत रही तराई काँग्रेसको आपत्तकालिन बैठक बोलाउनु भयो र प्रस्ताव राख्नु भयोस् “प्रजातन्त्र र मधेसीको अधिकार अन्योन्याश्रित बिषय हुन् । प्रजातन्त्र निरपेक्ष मधेस दासत्वबाट कहिल्यै मुक्त हुन सक्दैन।” रामजनम तिवारीले राजा महेन्द्रको शाही कू को बिरोध गरी यस असामान्य परिस्थितिमा तराई काँग्रेसलाई नेपाली काँग्रेसमा विलय गराउने राय दिनु भयो ।

वेदानन्दको विचार टिकेनन। शुवर्ण जीले पटनामा डाक्नु भएको नेकाको बैठकमा रामजनम तिवारीले तराई काँग्रेसको नेपाली काँग्रेसमा विलय गरिएको घोषणा गर्नु भयो। बासुदाई भन्नु हुन्छ, मधेसका नेताहरूमा रामजनम तिवारी अद्वितीय रहनु भयोस जसले प्रजातन्त्रलाई सर्वोपरि ठाने। बासुदाई मलाई लक्ष्य गरि भन्नु भो, बुझ्यौ जेपी! मधेसले तेही बेला देखि दुईटा बाटो देख्यो। सत्ताको बाटो र आधारभूत अधिकारका लागि संघर्षको बाटो ।

लक्डाउनमा आज बिहानै देखि म नेपालका प्रजातान्त्रिक आन्दोलनका जाने बुझेका कुराहरू सोच्दैछु। झट्ट संझे आज उनै रामजनम तिवारी जीको पुण्य तिथी पनि हो। इतिहासको घुमाउरो बाटोमा रामजनम तिवारी जीहरूले बनाएको सदभावना पार्टी आज जनता समाजवादी पार्टी भैसकेको छ।

महन्थ जी त तेहाँ हुनुहुन्छ, तर बाबुराम भट्टराई तथा उपेन्द्र यादब जीले स “प्रजातन्त्र र मधेसीको अधिकार अन्योन्याश्रित बिषय हुन्। प्रजातन्त्र निरपेक्ष मधेस, दासत्वबाट कहिल्यै मुक्त हुन सक्दैन।” रामजनम तिवारी जी जस्तो कम पढे लेखेका नेताको उक्त कथनलाई कुन रूपमा महत्व दिनु होला? हुनत् आज नेका पनि शुवर्ण जी को हैन, शेर बहादुर जी को हो !

रामजनम तिवारीको मूल्यांकन अब नयाँ रूपमा, भिन्न सोचका साथ गरिनु पर्दछ। मलाई रमाईलो लागेको छ, तिवारी जीलाई संझिदा म बासुदाईलाई अमीट पार्दैछु(मेरो दिलमा । दुबै जनालाई हार्दीक श्रद्धा सुमन !

(तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताको फेसबुक वालबाट साभार)

तपाईको प्रतिक्रिया