सरकारले संघीयता धरापमा पार्‍यो : उपेन्द्र यादव

राजनीति

       

काठमाडौं, ५ जेठ । जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले सरकार संघीयता धरापमा पार्ने षडयन्त्रमा लागेको बताएका छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा यादवले सरकारले अघि सारेका नीतिहरुले संघीयता धरापमा पर्ने जोखिम रहेको बताए ।

उनले भने, ‘प्रदेशको एकल क्षेत्राधिकार भित्र पर्ने सहकारी, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा, वनजंगल, उद्योग र गुठि लगाउयका कुराहरु संघीय सरकारले आफै सञ्चालन गर्ने हो भने संघीयता धरापमा पार्ने षडयन्त्र भएको स्पष्ट देखिन्छ ।’

ठूलो बलिदानबाट प्राप्त भएको संघीयता धरापमा पार्ने अधिकार कसैलाई नभएको उल्ले गर्दै उहाँले सघीयता धरापमा पार्ने षडयन्त्र भए मुलुक संकटमा पर्न सक्ने चेतावनी समेत दिए । मुलुकको विकास सबै भूगोललाई सन्तुलित र न्यायोचित रुपले अगाडी बढाउनुपर्ने उनले बताए ।

पूर्व पश्चिम राजमार्गभन्दा दक्षिणतिर पनि नेपाली नागरिकहरुको बसोबास भएको उल्लेख गर्दै यादवले ती ठाउँहरुमा विकास निर्माणका काम अन्त्यन्त न्यून मात्रामा भएको र कहिले पनि प्राथकितामा नपरेको बताए ।

नेपाललाई अल्पविकसित देशको सूचीबाट उकास्त तराई क्षेत्रमा कृषिको आधुनिकिकरण र हिमाली तथा पहाडी क्षेत्रमा सन्तलित विकास नगरी सम्भवन नुहने भएपनि नीति कार्यक्रम केही समेट्न नसकिएको उनले बताए ।

सरकारको असफल कुटनीति र अकर्मण्यताका कारण लिपुलेक, सुस्ता लगायतका नेपाली भूमि अतिक्रणमा परेको उनले बताए । कुटनीति पहलबाट वार्ता गरी सीमा समस्या समाधान गर्न पनि उनले सरकारलाई सुझाव दिए ।

तपाईको प्रतिक्रिया