जनकपुर र राजविराजको लागि ल्याइयो आरटी पिसिआर, सोमबारदेखि संचालनमा आउने

समाचार

       

जनकपुरधाम, ९ जेठ । कोरोना माहामारी रोकथाम , नियन्त्रणका लागि प्रदेश सरकारले वाचा गरे अनुरुप जनकपुर र राजविराजको लागि २ वटा पिसिआर मेसिन खरिद गरेर ल्याएको छ ।

मन्त्रिपरिषद्ले जनकपुर, विरगंज र राजविराजमा परीक्षण ल्याव संचालन गर्ने निर्णय गरे अनुरुप जनकपुर र राजविराजको लागि आरटि पिसिआर मेसिन खरिद गरेर ल्याएको छ । जनकपुर स्थित पशुरोग अन्वेशन प्रयोगशालामा आरटि पिसिआर मेसिन संचालनमा ल्याइने छ भने राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याव संचालन गरिने भएको छ ।

दुबै ठाँउको लागि मेसिन ल्याई जडानको काम समेत शुरु भैसकेको छ । अगामी सोमबारदेखि दुबै आरटी पिसिआर संचालनमा आउने प्रादेशिक प्रयोगशालाका प्रमुख राम विनय साहले जनाकारी गराएका छन । उक्त मेसिनको क्षमता ४ घण्टामा ९६ जनाको परीक्षण गर्ने रहेको जनाइएको छ । विरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आरटी पिसिआर जडान भई यस अघि नै संचालनमा आइ सकेको छ ।

त्यसै गरि प्रदेश सरकारले उपचार, तथा परीक्षणको कार्यलाई थप दुरुस्त बनाउन गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजलाई ल्याब संचालन, जनशक्ति परिचालन तथा औषधी एवं अन्य सामग्री खरिदका लागि ५० लाख र विरगंज स्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई पोषणयुक्त खाना र खाजाको व्यवस्थापनाका लागि २५ लाख निकासा गरेको छ ।

प्रदेश सरकारले नेपाली सेना द्वारा संचालन हुने गरि राजविराज र बारा जिल्लामा कम्तीमा ५ सय बेडको प्रादेशिक क्वारेन्टाइन निर्माण गर्न समेत नेपाली सेनाले उपलब्ध गराएको इस्टिमेट अनुसार रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसै गरि विरगंजमा विदेशबाट आउने नागरिक लाई राख्न ५ सय बेडको होल्डिङ्ग क्वारेन्टाइन समेत नेपाली सेनाले नै संचालन गर्ने गरि आवश्यक रकमको व्यवस्था समेत गरेको छ ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्यामा तीब्र वृद्धि भइ रहेको अवस्थामा स्थानीय स्तरमै कन्ट्रयाक्ट ट्रेसिङ्ग मार्गदर्शनका लागि अभिमुखी संचालन गर्ने र विभिन्न जिल्लाको विभिन्न स्थानमा गई केस इन्भेस्टिगेशन गर्न समेत आवश्यक बजेटको व्यवस्थापन गरेको छ ।

तपाईको प्रतिक्रिया