प्रदेश राहत कोषमा नेपाल बंगलादेश बैंकको ५ लाख सहयोग

समाचार

       

जनकपुरधाम, ९ जेठ । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा नेपाल बंगलादेश बैंकले पाँच लाखको सहयोग गरेको छ ।

बैंकका प्रदेश कार्यालय बर्दीवास र जनकपुर शाखाका प्रतिनिधिहरुले शुक्रबार मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा सामाजिक विकास मन्त्री नवल किशोर साहको समेत उपस्थिति रहेको थियो ।

प्रदेश राहत कोषमा प्रदेशमा शाखा सञ्चालन गर्दै आएका प्रायः बैंकले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उद्योगपतिले समेत सहयोग गरेका छन् ।

राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया