सरकारले प्रदेश २ र ५ मा चिकित्सकको टोली पठाउने

समाचार

       

काठमाडौं, ९ जेठ । सरकारले प्रदेश २ र प्रदेश ५ मा १०/१० जनाको चिकित्सक सहितको टोली पठाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित बढी रहेका क्षेत्रमा चिकित्सकको टोली पठाउने निर्णय गरेको बताए ।

उनले संक्रमितको संख्या बढ्दै गएपछि थप जनशक्ति पठाउने निर्णय भएको बताए ।

‘प्रदेश २ र ५ लाई केन्द्रित गरी कम्तिमा १०÷१० जनाको चिकित्सकसहितको टोली यथाशीघ्र खटाउने निर्णय भएको छ’, प्रवक्ता देवकोटाले भने, ‘यो जुन प्रदेश, इलाका र क्षेत्रमा संक्रमितको संख्या धेरै देखिएको त्यो स्थानलाई फोकस गरेर टोली पठाउन लागिएको हो ।’

पछिल्लो समय प्रदेश ५ को रुपन्देही, कपिलबस्तु, र बाँके र प्रदेश २ कोब बारा, पर्सा लगायतका जिल्लामा उल्लेख्य रुपमा कोरोना संक्रमित देखिएका छन् ।

तपाईको प्रतिक्रिया