भारतीय सेना प्रमुखको वक्तव्यबारे बुझ्दै नेपाल सरकार

समाचार

       

काठमाडौं, ९ जेठ । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले दिएको वक्तव्यबारे सरकारले आफ्नो तवरले अध्ययन गरिरहेको जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सेना प्रमुखको भनाइबारे सरकारले आफ्नो कूटनीतिक च्यानलमार्फत बुझिरहेको बताए । भारतले नेपाली भूभाग अतिक्रमण गरेर सडकसमेत निर्माण गरिसकेको अवस्था रहेकाले त्यस विषयलाई समाधान गर्न नेपालले दुईपक्षीय वार्तामा ध्यान दिएको बताए ।

भारतका विभिन्न अधिकारीको सार्वजनिक धारणाबारे भने अहिले अध्ययन भइरहेको पनि उनले स्पष्ट पारे । भारतीय सेना प्रमुख नरवणेले सुरक्षासम्बन्धी एक भिडियो कन्फरेन्समा नेपालले अरू कसैको इसारामा पिथौरागढ–लिपुलेक सडकको विरोध गरेको अभिव्यक्ति दिएका थिए । उनले त्यहाँ कुनै विवाद नरहेको समेत बताएका थिए ।

तपाईको प्रतिक्रिया