नेपालबाट भारतले लग्यो आफ्ना नागरिक

समाचार

       

काठमाडौं, ९ जेठ । भारतले विभिन्न देशमा अलपत्र आफ्ना नागरिकको उद्धार गरिरहेको छ । यसैबीच भारतले नेपालबाट एक सय ६५ नागरिकको उद्धार गरेको छ ।

एयर इन्डियाको विमानले त्रिभुवन विमानस्थलबाट उनीहरुलाई स्वदेश लगेको हो । भारतले विभिन्न चरणमा आफ्ना नागरिक उद्धार गरिरहेको छ ।

भारतले खाडीसहित अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडालगायत देशबाट पनि आफ्ना नागरिकको उद्धार गरिरहेको छ ।

तपाईको प्रतिक्रिया