भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपाल ल्याइयो

समाचार

       

कैलाली, ९ जेठ । भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपाल प्रवेश अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उनीहरु नेपाल प्रवेश गरेका हुन् ।

अनुमति पछि ८५८ जना नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए ।

प्रवेश गरेका उनीहरुमध्ये ३४७ जनालाई धनगढीको नवदुर्गा माविको क्वारेन्टाइनमा राखिएको छ भने ५११ जनालाई भने सम्बन्धित जिल्लाको स्थानीय निकायको जिम्मामा पठाएको उनले बताए ।

२५ जिल्लाका नागरिक नेपाल प्रवेश गरेका हुन् । बाँकी रहेका व्यतिmलाई पनि पठाउने काम भइरहेको छ । भारतबाट नेपाली आउने क्रम जारी रहेको र भारतको पलियास्थित क्वारेन्टाइनमा अझै १३ सय जना रहेका छन् ।

तपाईको प्रतिक्रिया