दाङका एक हजार बढी मजदूरलाई भारत फिर्ता पठाइयो

समाचार

       

दाङ, ९ जेठ । दाङका इँट्टाभट्टामा काम गर्ने भारतीय मजदूरलाई नेपालगञ्जको जमुनाहा नाकामा लगेर छोडिएको छ । भारतीय सुरक्षा अधिकारीसँग कुरा भए पनि उनीहरूको घर फर्किन पाउनुपर्ने माग अनुसार बाँकेस्थित नेपाल–भारत सीमा नाकामा लगेर छोडिएको हो ।

उनीहरूलाई बुधबार राति २१ वटा बसमा लगेर छोडिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । अधिकारीहरुका अनुसार एक हजार दुई सय ३३ जना भारतीय नागरिकलाई सीमा नाकासम्म पु¥याइएको छ ।

सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीसँग कुरा गर्न प्रदेश नं. ५ का प्रहरी प्रमुख डिआइजी रविन्द्रप्रसाद धानुक दाङबाट नेपालगञ्ज गएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र डिआइजी धानुकले धारतीय अधिकारीसँग कुरा गरेपछि भारतीय मजदूरलाई फिर्ता गर्ने निर्णय भएको हो । त्यसअघि जिल्लाका विभिन्न इँट्टा उद्योगमा काम गर्ने भारतीय मजदूरले घर फर्किन पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका थिए ।

तपाईको प्रतिक्रिया