“राष्ट्रिय जनतान्त्रिक गठबन्धन” घोषणा

राजनीति

       

काठमाडौं, १० जेठ । डा.मनोज मुक्ति विवेक नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा र लाक्पा तामाङ नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)बीच कार्यगत एकता भई “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” घोषणा भएको छ ।

विगत एक वर्षदेखिको निरन्तर छलफल, बहस, अन्तरक्रिया, विचार–विमर्श र अघोषित कार्यगत एकतालाई देश, समय, परिस्थिति र आम मुक्ति कामी नेपाली जनताको चाहना एवं माग अनुसार तपशिलका संगठनहरु बीच आजैको तिथि मितिदेखि लागु हुने गरि दुरगामी रणनीतिक एवं कार्यनीतिक कार्यगत एकता तथा मोर्चाबन्दीको घोषणा गरिएको छ ।

“राष्ट्रिय जनतान्त्रिक गठबन्धन“ मा सामेल सबै राजनीतिक संगठनका “राष्ट्रिय अध्यक्ष“ सम्मिलित यसको एक “केन्द्रिय सचिवालय” गठन गरिएको र गठन्धनको सम्पूर्ण काम, कार्यबाही, गतिविधिहरु सचिवालय सदस्यहरुको सामूहिक सर्वसहमतिको निर्णयकै आधारमा हुने सहमति भएको छ ।

“जनतान्त्रिक तराई मुक्ति मोर्चा” द्वारा “राष्ट्र बचाउ अभियान” तहत घोषणा गरिएको “प्रथम चरणका दबाबमूलक विविध कार्यक्रमहरुको” स्वामित्व ग्रहण “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” गरेको छ र “राष्ट्र बचाउ अभियान” को अब उपरान्तका सबै कार्यक्रमहरु “राष्ट्रिय जनतान्त्रिक गठबन्धन“ को निर्णय एवं निर्देशन बमोजिम गर्ने(गराउने र हुने पनि जानकारी गराएका छन् ।

नेपाल र नेपालीको हित सोच्ने सम्पूर्ण क्रान्तिकारी, बुद्धिजीवी, राजनीतिका दल, विभिन्न अभियानीहरु तथा धार्मिक, व्यवसायिक, पेशागत, जातीय, क्षेत्रीय सामाजिक संगठनहरु लगायत सम्पूर्ण नेपालीलाई यस “राष्ट्रिय जनतान्त्रिक गठबन्धन“ मा सहभागी हुन र राष्ट्रलाई सहि दिशा दिनमा सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि आह्वा गरेका छन् ।

प्रथम चरणका विविध विरोध एवं दबाब मुलक कार्यक्रमहरु ः—

१) समाजिक संजालहरु, आ–आफ्नो घर, वास–स्थान नजिकको चौक–चौराहाहरुमा नेपालको झण्डा, नक्साहरु राख्ने/फहराउने ।

२) सामाजिक संजालहरु र पत्र–पत्रिका, टेलिभजन, रेडियोहरुमा धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गण्ँतन्त्र नेपाल सरकार, चीन, अमेरिका, यूरोपियन यूनियन र भारत सरकारहरुका कु–कृत्यहरुका विरुद्ध लेख्ने, बोल्ने, प्रकाशन, प्रसारण, प्रचार–प्रसार गर्ने–गराउने र भण्डाफोर अभियान संचालन गर्ने–गराउने ।

३) विगत १४ वर्षदेखि हालसम्मका (बि.सं.२०६३ देखि हालसम्मका) नेपालको शासन–सत्तामा काबिज श्री ३ सरकारहरुका सबै राष्ट्रपतिहरु, उप–राष्ट्रपतिहरु, प्रधानमन्त्रीहरु, रक्षमन्त्रीहरु, गृहमन्त्रीहरु, विदेशमन्त्रीहरुको फोटोहरु तथा पुतलाहरु जलाउने ।

४) सम्पूर्ण स्वदेशी तथा विदेशी नियन्त्रित तथा प्रायोजित बेथिति, भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, अतिक्रमण, अतिक्रमण, षड्यन्त्रहरुका विरुद्ध युद्धको उदघोष स्वरुप प्रत्येक दिन बिहान ७ः३०–८ः०० बजेको बिच शंख फुकने र अमर सहिदहरुको सम्मान एवं सम्झनामा बेलुका ७ः३० बजे दियो÷मैनबत्ति बाल्ने ।

तपाईको प्रतिक्रिया